शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय

‘द बिच ब्वाइज’ का सह–संस्थापक ब्रायन विल्सनको ८२ वर्षको उमेरमा निधन

बिहीबार, २९ जेठ २०८२, ०० : ३८
बिहीबार, २९ जेठ २०८२

समाचार सारांश

  • १९६० को दशकको चर्चित ब्यान्ड 'द बिच ब्वाइज'का सह-निर्माता ब्रायन विल्सनको ८२ वर्षको उमेरमा निधन भएको छ।
  • सन् २०२४ देखि डिमेन्सियाबाट ग्रसित विल्सनको निधन बुधबार भएको हो।
  • 'द बिच ब्वाइज' समूहले विश्वव्यापी रूपमा १० करोड भन्दा बढी रेकर्डहरू बेचेको दाबी गरेको छ।

काठमाडौं। सन् १९६० को दशकको चर्चित ब्यान्ड ‘द बिच ब्वाइज’ का सह–निर्माता ब्रायन विल्सनको ८२ वर्षको उमेरमा निधन भएको छ। 

सन २०२४ देखि डिमेन्सियाबाट ग्रसित विल्सनको ८२ को वर्षको उमेरमा बुधबार निधन भएको हो ।

आफ्ना कान्छा भाइहरू कार्ल र डेनिस, काकाका छोरा माइक लभ र साथी अल जार्डिनसँग मिलेर निर्माण गरिएको समूहले विश्वव्यापी रूपमा १० करोड भन्दा बढी रेकर्डहरू बेचेका दाबी गर्दै आएका छन् । 

सङ्गीत पत्रिका रोलिङ स्टोनले ‘सबै समयका १०० महान् कलाकारहरू’ को सूचीमा उनीहरूलाई १२ औँ स्थानमा राखेको बीबीसीले जनाएको छ । 

सन् १९४२ मा जन्मेका र क्यालिफोर्नियाको हथोर्नमा हुर्केका विल्सन ब्याण्डको प्रख्यात ‘फ्रन्टम्यान’  रहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप