शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय

ट्याक्सी र कारसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

बिहीबार, २९ जेठ २०८२, १४ : ११
बिहीबार, २९ जेठ २०८२

समाचार सारांश

  • पोखरा नर्सिङ कलेज सडकमा मोटरसाइकल दुर्घटना हुँदा २१ वर्षीय मान बहादुर विकको मृत्यु।
  • दुर्घटनामा ट्याक्सी र कारको समेत संलग्नता रहेको र घाइतेहरूको उपचार भइरहेको छ।
  • प्रहरीले ट्याक्सी र कार चालकलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान गरिरहेको छ।

कास्की । पोखरा महानगरपालिका-११ नर्सिङ कलेजस्थित सडकमा एउटा मोटरसाइकल दुईवटा सवारीसाधनसँग ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

लु.५८ प ७९१० नम्बरको मोटरसाइकल बुधबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार पोखरा महानगरपालिका-१४ चाउथे बस्ने २१ वर्षीय मान बहादुर विकको मृत्यु भएको हो । 

सो मोटरसाइकल ग.१ ज ४२६६ नम्बरको ट्याक्सी एकआपसमा ठक्कर खाएपछि पुन: ग.२ च १०५८ नम्बरको कारमा समेत ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । 

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पठाइएको छ । प्रहरीले ट्याक्सी र कार चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप