सौर्यबत्ती जडानमा साढे २ करोड भ्रष्टाचार, पूर्व गाउँपालिकाअध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्य बत्ती जडानमा साढे दुई करोड भ्रष्टाचार गरेको आरोपमा पूर्वअध्यक्ष विक्रम यादवसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा गाउँपालिकाबाट सौर्यबत्ती जडान कार्यक्रमका लागि छुट्याइएको बजेट टुक्रा टुक्रा पारी खरीद गर्ने कार्य गरेर अनियमितता भएको आरोपमा बिहीबार विशेष अदालतमा मुद्दा दायर भएको हो ।
वार्षिक कार्यक्रममा वडा नम्बर १ देखि सम्मको लागि सौर्य बत्ती जडान गर्ने योजनामा ९ वटा शीर्षकमा २ करोड १६ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।
तर पोल खरिद, सोलार प्यानल खरिद, लाइट/तार/नटबोल्ट खरिद, ब्याट्री खरिद र चार्ज कन्ट्रोलर खरिद तथा इन्स्टलेसनसमेतको लागि बदनियत राखी टुक्राई ५ वटा प्याकेजको छुट्टाछुट्टै गरी स्वीकृत विनियोजित बजेट भन्दा २ करोड ५३ लाख रुपैयाँ बढी रकम अनिमयतिता गरेको आरोपपत्रमा दाबी गरिएको छ ।
अख्तियारले पूर्वगाउँपालिका अध्यक्ष यादवसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबाबु प्रसाद साह, लेखा अधिकृत शिव शंकर प्रसाद कुशवाहा, लेखापाल संजय कुमार ठाकुर, जिन्सी शाखा प्रमुख राम कैलाश राय यादव, सब–ईन्जिनियरहरु सन्तोष राय र राजु राय, स्काई राइज ट्रेडिङका प्रोप्राइटर जयप्रकाश यादव, एस के स्टोरकी रंजुकुमारी शाह र जियो टेक्निकलकी संगीता कुमारीलाई प्रतिवादी बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण