अदालत
दुर्गा प्रसाईंको मुद्दामा आदेश आउँदै
बिहीबार, २९ जेठ २०८२, २१ : ३५
काठमाडौँ । राजावादी आन्दोलनका क्रममा चैत १५ को तीनकुने घटनामा संलग्न प्रतिवादीहरूसँग थुनछेक बहस सकिएसँगै आज आदेश आउँदैछ ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश ध्रुवराज कार्कीको इजलसमा मेडिकल व्यवसायी दुर्गा प्रसाईसहित ३९ प्रतिवादीहरूको थुनछेक हिजै सकिएको थियो । आज बिहीबार सरकारी वकिलहरूले जवाफी जवाफ गरेका थिए । उक्त बहस दिउँसो सवा १२ बजे सकिएको थियो ।
बहस सकिएसँगै न्यायाधीश कार्की आदेश लेखनमा जुटेका थिए । बहस सकिएको नौ घण्टा बित्दा पनि आदेश आएको छैन । तर आजै आदेश आउन सक्ने अदालत स्रोतले जानकारी गराएको छ ।
आदेश आउने भएपछि अदालत परिसरमा समर्थकहरू जम्मा भएका छन् । गत जेठ २१ गतेदेखि प्रसाईंसहितको थुनछेक बहस सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण