शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय
अदालत

दुर्गा प्रसाईंको मुद्दामा आदेश आउँदै

बिहीबार, २९ जेठ २०८२, २१ : ३५
बिहीबार, २९ जेठ २०८२

काठमाडौँ । राजावादी आन्दोलनका क्रममा चैत १५ को तीनकुने घटनामा संलग्न प्रतिवादीहरूसँग थुनछेक बहस सकिएसँगै आज आदेश आउँदैछ । 

जिल्ला अदालत काठमाडौँका न्यायाधीश ध्रुवराज कार्कीको इजलसमा मेडिकल व्यवसायी दुर्गा प्रसाईसहित ३९ प्रतिवादीहरूको थुनछेक हिजै सकिएको थियो । आज बिहीबार सरकारी वकिलहरूले जवाफी जवाफ गरेका थिए । उक्त बहस दिउँसो सवा १२ बजे सकिएको थियो । 

बहस सकिएसँगै न्यायाधीश कार्की आदेश लेखनमा जुटेका थिए । बहस सकिएको नौ घण्टा बित्दा पनि आदेश आएको छैन । तर आजै आदेश आउन सक्ने अदालत स्रोतले जानकारी गराएको छ । 

आदेश आउने भएपछि अदालत परिसरमा समर्थकहरू जम्मा भएका छन् । गत जेठ २१ गतेदेखि प्रसाईंसहितको थुनछेक बहस सुरु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप