सुजुकीको तेस्रो संस्करणको स्विफ्ट बजारमा
काठमाडौं । सुजुकीले तेस्रो संस्करणको स्विफ्ट मोडल बजारमा ल्याएको छ । सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ विभाग सीजी मोटोकर्पले स्विफ्टको तेस्रो संस्करणको मोडल बजारमा ल्याएको हो ।
यस मोडेलको अनावरण संयुक्त रुपमा सीजी होल्डिङ्सका सभापति तथा प्रबन्ध निर्देशक अरुण चौधरी र लोकप्रिय राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले एकसाथ गरे । नयाँ स्विफ्ट सिंगल एपर्चर फ्रन्ट ग्रील, एल इ डि प्रोजेक्टर हेडल्याम्प, कट टु–टोन अलोय व्हील तथा अर्बन स्याटिन क्रोमयुक्त इन्टेरियर सहित एक उत्कृष्ट डिजाइनको साथै १.२ लिटर भीभीटी जस्ता प्रविधि जडान गरिएको छ ।
यसमा उच्चस्तरीय पर्फमेन्स् जस्तोः यात्रु, पैदल यात्री एवं बालबच्चाको सुरक्षामा केन्द्रित डुवल एयरब्याग, ईडीबीसँगै एबीएस, आइसोफिक्स् र टोटल इफेक्टिभ कन्ट्रोल टेक्नोलोजी प्रविधिसँगै ल्याइएको छ । सुजुकीको अभिनव पाँचौ संस्करण हर्टेक्ट प्ल्याटफर्ममा निर्मित नयाँ स्विफ्टको पावर र तौलको उत्कृष्ट अनुपात सहित सुधार गरि बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।
स्विफ्टको यो नयाँ मोडेल प्रस्तुत गर्दै सीजी मोटोकोर्पका कार्यकारी निर्देशक करण चौधरीले नयाँ स्विफ्ट यसको आकर्षक रुप तथा उत्कृष्ट पर्फमेन्स्को लागि रुचाइएको छ । यस नयाँ संस्करणसँगै, यसका फिचरहरु एक नयाँ शिखरमा पुगेको बताए । उपभोक्ताहरुले यस नयाँ स्विफ्टको सर्वोत्कृष्ट फ्युल इफिसेन्सीको प्रशंसा गर्ने उनले बताए ।
यो मोडेलले पेट्रोलमा २२.० किमि÷लिटर प्रदान गर्दछ । २८% धेरै लगेज स्पेसको सुविधा प्रदान गर्ने यस सवारीको ४० मीमी धेरै चौडा र २० मीमी लामो व्हील बेस रहेको छ । यस मोडेलको विकासमा ७०० करोडभन्दा धेरै लागत देखिएको कम्पनीले दावी गरेको छ । यस सवारीको प्रारम्भिक अफर सहितको मूल्य २८,९९,००० तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा फेरियो सत्ता समीकरण : एमाले र नेकपाबिच नयाँ सरकार गठनको कसरत
-
कर्णालीका मुख्यमन्त्रीको नियुक्ति र शपथ बुधबार हुने
-
ब्ल्याकलिस्टमा परेकी महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
-
युक्रेनद्वारा क्यास्पियन सागरमा जहाजमाथि आक्रमण, रुसले भन्यो इरानमाथिको आक्रमण
-
शक्तिशाली भूकम्पमा परेर जापानमा कम्तीमा ५० जना घाइते
-
सत्ताकेन्द्रित सहकार्य होइन, सिद्धान्त र विचार मिल्नेहरूसँग एकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण