हिमालयन बैंकबाट ‘हबिब’ बहिर्गमन प्रक्रिया फेरि सुरु, नियामकको नेतृत्व परिवर्तनसँगै खुल्यो बाटो
सारांश
- हबिब बैंक हिमालयन बैंकबाट बाहिरिने प्रक्रिया सुरु भएको छ, जसले आफ्नो संस्थापक शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएको छ।
- बैंकले २ करोड ८० लाख कित्ता शेयर बिक्री गर्न प्रस्ताव गरेको छ, जसको न्यूनतम मूल्य ११२.८० रुपैयाँ तोकिएको छ। शेयर खरिदका लागि संस्थापक शेयरधनीलाई ३५ दिनको समय दिइएको छ।
- राष्ट्र बैंकको नेतृत्व परिवर्तन भएपछि हबिबको बाटो खुलेको हो, जसले पहिले पनि बाहिरिन खोजेको थियो तर अनुमति पाउन सकेको थिएन।
काठमाडौँ । पाकिस्तानी बैंक हबिब हिमालयन बैंकको स्वामित्वबाट बाहिरिने प्रक्रिया फेरि सुरु भएको छ । लामो समय अघिदेखि बाहिरिन चाहेर पनि नियामक निकायको सहयोग नपाउँदा रोकिएर बसेको हबिब अहिले बाहिरिने प्रक्रिया अघि बढाएको हो । हबिबले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइदिन पत्राचार गरेसँगै हिमालयन बैंकले संस्थापक शेयर बिक्री प्रक्रिया सुरु गरेको छ ।
अहिले हिमालयन बैंकमा हबिब बैंकको स्वामित्वमा २ करोड ८० लाख १२ हजार ४४७ दशमलव ४५ कित्ता शेयर छ । उक्त शेयरलाई ११२।८० रुपैयाँमा न्यूनतम मूल्य कायम राखेर बिक्री गर्न प्रस्ताव गरेको छ । यस अनुसार हबिबले कम्तीमा ३ अर्ब १५ करोड ९८ लाख रुपैयाँमा बिक्री हुनेछ ।
बैंकले अहिले उक्त शेयर बैंकका संस्थापक शेयरधनीले किन्न पाउनेगरी खुला गरेको छ । राष्ट्र बैंकको निर्देशनले संस्थापक शेयरमध्येबाट खरिद नगरेको अवस्थामा मात्रै संस्थापक बाहिरबाट शेयर खरिद गर्नसक्ने व्यवस्था छ । यस अनुसार संस्थापक शेयरधनीलाई ३५ दिनको समय दिइएको छ ।
राष्ट्र बैंकको नेतृत्व फेरिएपछि हबिबको बाटो खुला
हबिबले यसअघि नै नेपालबाट बाहिरिने प्रयास गर्दै आएको थियो । पाकिस्तानसँग नेपालको ठुलो व्यापार पनि नरहेको र नेपालमा बैंक तथा वित्तीय संस्थाको प्रतिफल पनि निरन्तर घट्दै गएको अवस्थामा उक्त बैंक नेपालबाट बाहिरिन लागेको थियो । तर नियामक निकाय नेपाल राष्ट्र बैंकले शेयर बिक्रीका लागि अनुमति दिन मानिरहेको थिएन । गभर्नरमा चिरञ्जीवी नेपाल हुँदा नै हबिबले उक्त शेयर बिक्री गर्न खोजेको थियो ।
त्यतिबेला विदेशी लगानी भएको बैंक विदेशी बैंकलाई नै बिक्री गर्न राष्ट्र बैंकले जोडबल गरेपछि हबिबले बेलायती बमनवेल्थ बैंकसँग उक्त शेयर बिक्री गर्न मनाएको थियो । त्यतिबेलै कोभिड महामारी सुरु भयो । सुरुमा शेयर किन्न राजी भएको कमनवेल्थ बैंक कोभिडको कारण देखाउँदै शेयर किन्ने निर्णयबाट पछि हटेसँगै हबिबको शेयर बिक्री हुन सकेको थिएन ।
त्यो प्रक्रिया सफल नभएसँगै हबिबले कर्मचारी सञ्चय कोषलाई शेयर किन्न आग्रह गरे पनि कोष यसमा सहमत भएन । दुई वर्षअघि हिमालयन रिइन्स्योरेन्स कम्पनी उक्त शेयर किन्न तयार भए पनि यसमा राष्ट्र बैंकले पर्याप्त सहयोग नगरेपछि प्रक्रिया रोकिएको थियो । शेयर बिक्री गर्नुअघि संस्थापक शेयरलाई किन्ने अवसर दिनुपर्ने व्यवस्था रहेकोमा प्रक्रिया अनुसार नगएर सिधै बिक्री गर्नेगरी अनुमति मागेको भन्दै तत्कालिन गभर्नर महाप्रसाद अधिकारीले उक्त फाइल अघि बढाएका थिएनन् ।
अहिले राष्ट्र बैंकमा नेतृत्व परिवर्तन भएपछि यो प्रक्रिया फेरि अघि बढाएको छ । प्रक्रिया अनुसार संस्थापक शेयर बिक्री गर्न राष्ट्र बैंकले अनुमति दिएसँगै उक्त शेयर बिक्रीका लागि खुला गरिएको बैंकले जनाएको छ । राष्ट्र बैंकको एकीकृत निर्देशनले २ प्रतिशत भन्दा धेरै संस्थापक शेयर बिक्री गर्नुपर्दा राष्ट्र बैंकको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । अहिले हबिबसँग भएको शेयर हिमालयन बैंकसँग २१ करोड ६५ लाख कित्ता शेयर छ । हबिबसँग भएको यो शेयर करिब १३ प्रतिशत बराबर हो । सुरुमा २० प्रतिशत हिस्सा रहेकोमा सिभिल बैंकसँग हिमालयनको मर्ज भएपछि शेयरहिस्सा घटेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिलको निरश विश्वकप बहिर्गमनपछि रोनाल्डोको मौनता तोडियो, नेयमारको भविष्यबारे गरे खुलासा
-
सुतेकै अवस्थामा कैदीको मृत्यु
-
अमेरिकी हवाई आक्रमणमा दक्षिणी इरानमा ३० भन्दा बढी सर्वसाधारण मारिए
-
करार कर्मचारी हटाउने तयारीको विरोधमा सिंहदरबारमा धर्ना (तस्बिरहरू)
-
इन्टर्न चिकित्सकको माग सम्बोधन गर्न नेपाल चिकित्सक सङ्घको आग्रह
-
लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण