उच्च अदालतका चार न्यायाधीश मुख्य न्यायाधीशमा सिफारिस
सारांश
- न्याय परिषद्ले उच्च अदालतका चार न्यायाधीशलाई मुख्य न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ।
- राजनप्रसाद भट्टराईलाई विराटनगर, लालबहादुर कुँवरलाई पाटन, हरिप्रसाद भण्डारीलाई सुर्खेत र राजेन्द्र तिवारीलाई तुलसीपुरको मुख्य न्यायाधीशमा सिफारिस गरिएको छ।
- सिफारिस गरिएका न्यायाधीशहरू हाल जनकपुर, पाटन, विराटनगर र तुलसीपुर इजलासमा कार्यरत छन्।
काठमाडौँ । न्याय परिषद्ले चार जना उच्च अदालतका न्यायाधीशलाई मुख्य न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको छ।
शुक्रबार बिहान बसेको न्याय परिषद् बैठकले उच्च अदालतका न्यायाधीशहरू राजनप्रसाद भट्टराई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेन्द्र तिवारीलाई मुख्य न्यायाधीशका लागि सिफारिस गरेको हो ।
भट्टराई हाल उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा कार्यरत रहेकोमा उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा सिफारिस भएका छन् ।
कुँवर हाल उच्च अदालत पाटनमा कार्यरत न्यायाधीशलाई त्यहीँ उच्च अदालत पाटनकै मुख्य न्यायाधीशमा सिफारिस गरिएको छ।
भण्डारी हाल उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगामामा रही काजमा तुलसीपुर इजलासमा रहेकोमा उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीशमा सिफारिस गरिएको छ।
यसैगरी तिवारी हाल उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा कार्यरत रहेकोमा उच्च अदालत तुलसीपुरकै मुख्य न्यायाधीशमा नियुक्त गरिएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण