प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जाने
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभिलमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जाँदै हुनुहुन्छ।
- उहाँ असार १५ गते एक हप्ताका लागि स्पेन जानुहुनेछ, जहाँ ४० देशका प्रतिनिधि सहभागी हुनेछन्।
- सम्मेलनको उद्देश्य विश्वव्यापी विकास लक्ष्य प्राप्तिका लागि स्रोत परिचालन गर्नु हो र प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली स्पेनको सेभिल सहरमा हुने ‘विकासका लागि वित्त पोषणसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा भाग लिन त्यसतर्फ जाने भएका हुन् ।
उनी असार १५ गते एक हप्ताका लागि स्पेन जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । संयुक्त राष्ट्रसङ्घको आयोजनामा हुने लागेको सो सम्मेलनमा विभिन्न ४० वटा देश सहभागी हुने बताइएको छ । सम्मेलनमा ती देशका सरकार प्रमुख, अर्थमन्त्री, वित्तीय संस्थाका प्रतिनिधि, विकास साझेदार र नागरिक समाजका अगुवाहरूको सहभागिता हुने बताइएको छ ।
सम्मेलनको उद्देश्य विश्वव्यापी विकास लक्ष्य हासिल गर्न आवश्यक स्रोत परिचालन गर्ने, वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्ने, ऋण व्यवस्थापन सुधार गर्ने तथा सार्वजनिक–निजी साझेदारीमार्फत दिगो विकासका कार्यक्रमहरूलाई सशक्त बनाउने रहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए । प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।
नेपालले विकासका लागि अपनाएका रणनीतिहरू, दिगो आर्थिक वृद्धि र समावेशी वित्तीय पहुँचको विषयमा धारणा राखिने स्रोतले जनाएको छ । सम्मेलनको अवसरमा उनले विभिन्न राष्ट्रप्रमुख र अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरसफाइ नहुँदा सुक्न थाल्यो पर्सा निकुञ्जभित्रको हलखोरिया दह
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
-
राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
-
विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ
-
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण