प्रभु समुहको प्रभु टीभी. प्रारम्भ, मोबाईल, ट्याब्लेट तथा ल्यापटपमा समेत हेर्न सकिने
काठमाडौं । प्रभु समुहले नेपालमा पहिलो पटक डिजिटल भिडियो प्रशारण (डीभीबी–टी२)मा आधारित भएर प्रभु टि.भि. प्रारम्भ गरेको छ । सुचना प्रविधिको विकासको क्रम संगै ओटीटी प्रणालीमा आधारित भएर मोबाईल, ट्याब्लेट तथा ल्यापटपमा समेत आफुले छानेको च्यानलहरु हेर्न सकिने प्रभुले जनाएको छ ।
आज पत्रकार सम्मेलन गरी प्रभु समुहका अध्यक्ष देवीप्रकाश भट्टचनले यस सेवाको सुरुवात गरे । नेपाल सरकारबाट लाईसेन्स प्राप्त संस्थाले प्रभु टि.भि. कल साईनमा देशव्यापी रुपमा वर्षको ३६५ दिन नै उच्च गुणस्तरिय डिजिटल टिभि च्यानलहरुको प्रशारण सेवा प्रदान गर्ने जनाएको छ ।
प्रभु टिभि कल साईन मार्फत डीभीबी–टी२ प्रविधि मा आधारित भएर विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय टिभि च्यानलहरु टिभि तथा ओटीटी प्रविधिमा मोवाईल, ट्याव्लेट तथा ल्यापटपमा ईन्टरनेटको माध्यमबाट देशभरि नै वितरण गर्नेछ ।
प्रभु टिभिको आधिकारिक सेटअप बक्स र जडान गर्न सहज एटिनाको खरीदसंगै ग्राहकलाई सबै टिभि च्यानलहरुको पहुंच हुनेछ । यसका साथै अन्र्तराष्ट्रिय टिभि च्यानलहरु र विशेष कार्यक्रमहरु समेत उच्च गुण स्तरमा न्युनतम शुल्कमा हेर्न सकिने प्रभुले जनाएको छ ।
सुरुमा प्रभु टिभिले काठमाण्डौ, चितवन र पोखरामा आफ्ना सेवाहरु प्रदान गर्ने जनाएको छ भने निकट भविष्यमा पुर्वांचल क्षेत्र, बुटवल भैरहवा, नेपालगंज, कोहलपुरमा समेत प्रशारण गर्ने लक्ष्य लिएको छ । प्रभु टिभिले विभिन्न प्रकारका च्यानलहरु वालवालिका, चलचित्र, खेलकुद, संगीत, मनोरंजन र सुचनामुलक नेपाली तथा अन्र्तराष्ट्रिय च्यानलहरु समेत प्रस्तुत गर्ने जनाएको छ ।
प्रारम्भिक प्याकेजहरुमा एकल प्रयोगकर्ताको हकमा छ महिनाको शुल्क १६०० तथा सेटअप बक्स वापत १००० लाग्ने छ । त्यसैगरी संस्थागत प्रयोगकर्ताहरु लाई मासिक २०० र सेटअप बक्स वापत ८००पर्ने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन शाहलाई भारतको औपचारिक निम्तो
-
सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
-
सुनसरी घटनापछि रास्वपा : दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग
-
मोहम्मद नसिर : हिजो गोइत समूहका कार्यकर्ता, आज लागुऔषध तस्कर
-
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाहीको दाबी पेस
-
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण