२०८१ पुसदेखि चैतसम्म ४ लाख ५७ हजार १ सय ६८ थान राहदानी जारी
सारांश
- २०८१ पुसदेखि चैत मसान्तसम्म राहदानी विभागले ४ लाख ५७ हजार १६८ राहदानी जारी गर्यो।
- रोमानिया, पोल्याण्ड, साउदी अरेबिया, युएई, कतार, मलेसिया र जापानमा घुम्ती टोली खटाइयो।
- वैदेशिक रोजगारसम्बन्धी समस्या समाधानका लागि परराष्ट्र मन्त्रालयको संयोजकत्वमा समिति गठन गरियो।
काठमाडौँ । २०८१ पुसदेखि २०८१ चैत मसान्तसम्म राहदानी विभागबाट ४ लाख ५७ हजार १ सय ६८ थान राहदानी जारी भएको छ ।
शुक्रवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सरकारले यसबारेमा जानकारी गराएको हो । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाका अनुसार २०८१ पुसदेखि २०८१ चैत्र मसान्तसम्म राहदानी विभागबाट कुल ४ लाख ५७ हजार १६८ थान राहदानी जारी भएको छ । यस अवधिमा रोमानिया, पोल्याण्ड, साउदी अरेबिया, युएई, कतार, मलेसिया र जापानमा थप घुम्ती टोली समेत खटाई राहदानीको सेवा प्रदान गरिएको उनको भनाइ छ । परराष्ट्रमन्त्री राणाले वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानका उपाय प्रस्तुत गर्न समिति गठन गरिएको पनि जानकारी दिइन् । वैदेशिक रोजगारसँग सम्बन्धित समस्याहरूको समाधानका उपाय पेस गर्नेगरी परराष्ट्र मन्त्रालयको संयोजकत्वमा एक समिति गठन गरिएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण