शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय

२०८१ पुसदेखि चैतसम्म ४ लाख ५७ हजार १ सय ६८ थान राहदानी जारी

शुक्रबार, ३० जेठ २०८२, १७ : ०३
शुक्रबार, ३० जेठ २०८२

समाचार सारांश

  • २०८१ पुसदेखि चैत मसान्तसम्म राहदानी विभागले ४ लाख ५७ हजार १६८ राहदानी जारी गर्‍यो।
  • रोमानिया, पोल्याण्ड, साउदी अरेबिया, युएई, कतार, मलेसिया र जापानमा घुम्ती टोली खटाइयो।
  • वैदेशिक रोजगारसम्बन्धी समस्या समाधानका लागि परराष्ट्र मन्त्रालयको संयोजकत्वमा समिति गठन गरियो।

काठमाडौँ । २०८१ पुसदेखि २०८१ चैत मसान्तसम्म राहदानी विभागबाट ४ लाख ५७ हजार १ सय ६८ थान राहदानी जारी भएको छ । 

शुक्रवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सरकारले यसबारेमा जानकारी गराएको हो । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाका अनुसार २०८१ पुसदेखि २०८१ चैत्र मसान्तसम्म राहदानी विभागबाट कुल ४ लाख ५७ हजार १६८ थान राहदानी जारी भएको छ । यस अवधिमा रोमानिया, पोल्याण्ड, साउदी अरेबिया, युएई, कतार, मलेसिया र जापानमा थप घुम्ती टोली समेत खटाई राहदानीको सेवा प्रदान गरिएको उनको भनाइ छ । परराष्ट्रमन्त्री राणाले वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानका उपाय प्रस्तुत गर्न समिति गठन गरिएको पनि जानकारी दिइन् । वैदेशिक रोजगारसँग सम्बन्धित समस्याहरूको समाधानका उपाय पेस गर्नेगरी परराष्ट्र मन्त्रालयको संयोजकत्वमा एक समिति गठन गरिएको बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप