चितवन क्रिकेट संघका अध्यक्ष सुदिप पियाको निधन
शनिबार, ३१ जेठ २०८२, १२ : ५९
सारांश
- चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाको निधन भएको छ।
- नेपाल क्रिकेट संघका सचिव पारस खड्काले सामाजिक सञ्जालमार्फत जानकारी दिए।
- पिया २०८० साल साउनमा भएको संघको तेस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए।
काठमाडौँ । चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाको निधन भएको छ । नेपाल क्रिकेट संघका सचिव पारस खड्काले यसको जानकारी दिएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष श्री सुदिप पिया दाईको असामयिक निधनले स्तब्ध छु । यो दु:खद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनप्रति धैर्य र साहस प्रदान होस् भनी ईश्वरसँग प्रार्थना गर्दछु।’ २०८० साल साउनमा भएको संघको तेस्रो अधिवेसन तथा साधारण सभाबाट पिया अध्यक्ष पदमा निर्वाचित भएका थिए ।
उनले मनिष सापकोटालाई ३ मतको झिनो अन्तरले हराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण