आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय

चितवन क्रिकेट संघका अध्यक्ष सुदिप पियाको निधन

शनिबार, ३१ जेठ २०८२, १२ : ५९
शनिबार, ३१ जेठ २०८२

समाचार सारांश

  • चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाको निधन भएको छ।
  • नेपाल क्रिकेट संघका सचिव पारस खड्काले सामाजिक सञ्जालमार्फत जानकारी दिए।
  • पिया २०८० साल साउनमा भएको संघको तेस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए।

काठमाडौँ । चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाको निधन भएको छ । नेपाल क्रिकेट संघका सचिव पारस खड्काले यसको जानकारी दिएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष श्री सुदिप पिया दाईको असामयिक निधनले स्तब्ध छु । यो दु:खद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनप्रति धैर्य र साहस प्रदान होस् भनी ईश्वरसँग प्रार्थना गर्दछु।’  २०८० साल साउनमा भएको संघको तेस्रो अधिवेसन तथा साधारण सभाबाट पिया अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

उनले मनिष सापकोटालाई ३ मतको झिनो अन्तरले हराएका थिए ।

ICC CWC League 2, 2023-27 ICC CWC League 2, 2023-27

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप