ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु
शनिबार, ३१ जेठ २०८२, १८ : ४६
रौतहट । रौतहटको वृन्दावन नगर क्षेत्र अन्तर्गत खेतबाट बाटोमा चढाउन खोज्दा ट्रयाक्टरको अगाडिको भाग उठ्दा च्यापिएर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वृन्दावन ७ बस्ने ट्रयाक्टर चालक २४ वर्षीय नजामोदिन मन्सुरी रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले बताएका छन्।
वृन्दावन ७ हुसेनीचोक र आकरपाथर बिच भित्री सडक खण्डमा ना ४ त २०६८ नम्बरको गिट्टी लोड भएको ट्रयाक्टर खेतबाट रोडमा निकाल्ने क्रममा अगाडिको भाग उठी स्टेरिङमा चालक मन्सुरी च्यापिएर अचेत अवस्थामा फेला परेका थिए।
प्रहरी टोलीले निजलाई उपचारको लागि चन्द्रपुर अस्पताल प्रालिमा पठाइएकोमा चिकित्सकले गत राति मृत घोषणा गरेको डीएसपी कार्कीले जानकारी दिएका छन्। दुर्घटनामा परेको ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढी उपमहानगरद्वारा २ अर्ब ६४ करोडको बजेट सार्वजनिक
-
हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटो
-
बागमती नदीमा फसेका १४ जनाको सशस्त्र प्रहरीले गर्याे उद्धार
-
प्रहरीमाथि आक्रमणपछि गोली चल्यो, दुई भारतीय लागुऔषध कारोबारी पक्राउ
-
संस्कृति संरक्षणमा दरै समुदाय
-
रास्वपा महाधिवेशनमा रोचक दृश्यः रवि–बालेनको डमीदेखि मोही माग्नेको हारालुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण