पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
शनिबार, ०६ असार २०८३, २३ : २०
सारांश
- बाराको कलैयामा नुहाउने क्रममा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।
- मृत्यु हुनेमा ६ वर्षीया सृजनाकुमारी मण्डल र ५ वर्षीया अञ्जलीकुमारी मण्डल रहेका छन्।
- घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
बारा । बाराको कलैया उपमहानगरपालिका–६ पर्सा टोलस्थित एक पोखरीमा आज नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–६ पर्सा टोलकी ६ वर्षीया सृजनाकुमारी मण्डल र सोही ठाउँकी पाँच वर्षीया अञ्जलीकुमारी मण्डल रहेका छन् ।
स्थानीय दिपेन्द्र साहको हाँस पाल्ने पोखरीमा नुहाउन गएका दुवै बालिका डुबेका थिए । उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो । अस्पतालमा चिकित्सकले दुवै बालिकाको मृत्यु भएको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
-
मुस्ताङ भन्सारबाट एघार महिनामा सात अर्ब ६६ करोड राजश्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण