गर्मी नघटेपछि वीरगञ्जमा थप ६ दिन विद्यालय बन्द
शनिबार, ३१ जेठ २०८२, २२ : २४
सारांश
- वीरगञ्ज महानगरपालिकाले अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै ६ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
- यसअघि दुई दिन बिदा दिइएकोमा तापक्रम नघटेपछि असार १ देखि ६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको हो।
- शैक्षिक प्रशासन महाशाखा प्रमुखका अनुसार, यो बिदा वर्षे बिदाबाट मिलान गरिनेछ।
वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले अत्यधिक बढेको गर्मी नघटेपछि पुनः छ दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
महानगरले यसअघि यही जेठ २९ र ३० गते दुई दिन गर्मी बिदा दिने निर्णय गरेको थियो । सो बिदा सकिए पनि यहाँको तापक्रम नघटेपछि आगामी असार १ देखि ६ गतेसम्म विद्यालय बिदा दिने निर्णय गरेको हो ।
वीरगञ्ज महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले विगत केही दिनदेखिको बढ्दो गर्मीलाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असर न्यूनीकरण गर्न असार १ देखि ६ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन स्थगित गर्ने निर्णय भएको बताए । “वर्षे सट्टे बिदाबाट मिलान हुने गरी सो बिदा दिइएको हो”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण