नेसपा (नयाँ शक्ति)को केन्द्रीय समिति बैठक : के–के छन् एजेन्डा ?
सारांश
- नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठकमा नेताहरूको कार्यविभाजन हुने भएको छ। बैठकमा राजनीतिक समिति गठन, संघीय परिषद् गठन लगायतका एजेण्डा पेश गरियो।
- पार्टीले भ्रष्टाचारविरुद्ध संघर्ष गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा जनपरिचालन गर्ने निर्णय गरेको छ।
- बैठकमा समीक्षात्मक रिपोर्ट, संगठन विस्तार, र राष्ट्रिय गौरवका आयोजना छिटो सम्पन्न गर्न जनदबाबमूलक अभियान चलाउने विषयमा छलफल भयो।
काठमाडौँ । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)को जारी केन्द्रीय समिति बैठकबाट नेताहरूको कार्य विभाजन हुने भएको छ । जेठ ३१ गतेदेखि गौशालामा सुरु भएको बैठकमा नेताहरूको कार्य विभाजन, राजनीतिक समिति गठन, संघीय परिषद् गठन लगायत एजेन्डाहरू पेस भएको नयाँ शक्तिकी उपाध्यक्ष मानुषी यमि भट्टराईले जानकारी दिइन् ।
नयाँ शक्तिले माघको अन्तिम साता महाधिवेशन गरेको थियो । यस्तै भ्रष्टाचारविरुद्ध सबै तहमा सङ्घर्ष गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा व्यापक जनपरिचालन गर्ने लगायत एजेन्डाहरू पनि रहेको उनले जानकारी दिइन् ।
के–के छन् एजेन्डा ?
– समीक्षात्मक रिपोर्ट
– सङ्गठन
– राजनीतिक समिति गठन
– संघीय परिषद् गठन
– कार्य विभाजन
– प्रशंसा अभियान(प्रशिक्षण, सङ्गठन र सामाजिक अभियान)
– संगठनात्मक अभियान
– पार्टी सदस्यता वितरण (अनलाइनसहित)
– स्थानीय तह र प्रदेशस्तरीय भेला, प्रशिक्षण, अधिवेशन
– जवस मोर्चाको बैठक, भेला, प्रशिक्षण, अधिवेशन
– विभागीय कामको योजना निर्माण र कार्यान्वयन
– पार्टीका एजेन्डाहरूबारे अभियान
– भ्रष्टाचारविरुद्ध सबै तहमा सङ्घर्ष गर्ने
– प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा व्यापक जनपरिचालन गर्ने
– राष्ट्रिय गौरवका आयोजनाहरू छिटो सम्पन्न गर्नका लागि जनदबाबमूलक अभियान सञ्चालन गर्ने
– पहिचान सहितको संघीयता संस्थागत गर्न जनपरिचालन अभियान सञ्चालन गर्ने
– बैंक, वित्त, रोजगार, वैदेशिक रोजगार, सहकारी, शिक्षा, तथा स्वास्थ्य क्षेत्रका समस्याहरूबारे सङ्घर्ष सञ्चालन गर्ने
– मजदुर, किसान, महिला, दलित लगायत जनवर्गहरूको समस्याहरूबारे सङ्घर्ष सञ्चालन गर्ने
– स्थानीय स्तरका मुद्दाहरू स्थानीय तहले पहिचान गरी अभियान सञ्चालन गर्ने
– जनसम्बन्ध विस्तार तथा निर्वाचन तयारी
– उद्यमशीलता, उत्पादन तथा स्वरोजगार अभियान
– प्रशिक्षण तथा प्रचार प्रसार
– आर्थिक
– राजनीतिक संवाद र संयुक्त मोर्चाबारे
– विविध
– समसामयिक राजनीतिक प्रस्ताव
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
५ हजार डलरभन्दा बढी बोक्दा भन्सार घोषणा अनिवार्य
-
चिनियाँ कम्पनी मुनशट एआईले एन्थ्रोपिकको प्रविधि चोरी गरेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण