औषधि नीति सुझाव समितिको प्रतिवेदनलाई नेपाल फार्मेसी सङ्घको समर्थन
ललितपुर । नेपाल फार्मेसी सङ्घले औषधि नीति सुझाव समितिको प्रतिवेदनलाई समर्थन जनाएको छ । सङ्घले आइतबार प्रेस विज्ञप्ति जारी प्रतिवेदनलाई आवश्यक र समयानुकूल पहलको रूपमा लिएको भन्दै स्वागत गरेको हो ।
'सङ्घले सधैँ सर्वसुलभ, गुणस्तरीय र सुरक्षित औषधिको पहुँचलाई प्राथमिकतामा राख्दै बिरामी उपभोक्ता, स्वास्थ्यकर्मी, औषधि व्यवसाय र औषधिको गुणस्तरसँग सम्बन्धित विषयहरूलाई समान महत्त्व दिँदै आएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
मूल्य निर्धारण र आपूर्तिको विषयमा वैज्ञानिक सोच, तथ्यमा आधारित विश्लेषण र दीर्घकालीन दृष्टिकोणअनुसार नीति निर्माण गर्नुका साथै यस प्रक्रियामा निजी क्षेत्रको अनुभव र योगदानलाई सकारात्मक रूपमा लिनुपर्ने फार्मेसी सङ्घ अध्यक्ष युवराज भुसालद्वारा हस्ताक्षर विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपालमा कुल स्वास्थ्य खर्चको करिब ६५ प्रतिशत हिस्सा औषधिमा खर्च हुने भएकाले नागरिकको औषधिको पहुँचको अधिकार सर्वसुलभ र पारदर्शी रूपमा निर्धारण गरिनुपर्नेमा जोड दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरु
-
थाहा नगरपालिकाले ल्यायो ९० करोड ९७ लाख रुपैयाँको बजेट
-
दुर्घटनामा परेर काठमाडौँ र ललितपुरमा दुई जनाको मृत्यु
-
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
-
अमेरिका र इरानबिचको पहिलो चरणको वार्तामा ‘उत्साहजनक प्रगति’
-
अमेरिका-इरानबिचको युद्ध अन्त्य वार्तामा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण