सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

औषधि नीति सुझाव समितिको प्रतिवेदनलाई नेपाल फार्मेसी सङ्घको समर्थन

आइतबार, ०१ असार २०८२, १५ : ३७
आइतबार, ०१ असार २०८२

ललितपुर । नेपाल फार्मेसी सङ्घले औषधि नीति सुझाव समितिको प्रतिवेदनलाई समर्थन जनाएको छ । सङ्घले आइतबार प्रेस विज्ञप्ति जारी प्रतिवेदनलाई आवश्यक र समयानुकूल पहलको रूपमा लिएको भन्दै स्वागत गरेको हो । 

'सङ्घले सधैँ सर्वसुलभ, गुणस्तरीय र सुरक्षित औषधिको पहुँचलाई प्राथमिकतामा राख्दै बिरामी उपभोक्ता, स्वास्थ्यकर्मी, औषधि व्यवसाय र औषधिको गुणस्तरसँग सम्बन्धित विषयहरूलाई समान महत्त्व दिँदै आएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

मूल्य निर्धारण र आपूर्तिको विषयमा वैज्ञानिक सोच, तथ्यमा आधारित विश्लेषण र दीर्घकालीन दृष्टिकोणअनुसार नीति निर्माण गर्नुका साथै यस प्रक्रियामा निजी क्षेत्रको अनुभव र योगदानलाई सकारात्मक रूपमा लिनुपर्ने फार्मेसी सङ्घ अध्यक्ष युवराज भुसालद्वारा हस्ताक्षर विज्ञप्तिमा उल्लेख गरिएको छ । 

नेपालमा कुल स्वास्थ्य खर्चको करिब ६५ प्रतिशत हिस्सा औषधिमा खर्च हुने भएकाले नागरिकको औषधिको पहुँचको अधिकार सर्वसुलभ र पारदर्शी रूपमा निर्धारण गरिनुपर्नेमा जोड दिएको छ । 

pharmacy sangh nepal

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप