सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

एनसेल ‘सधैं अन करोडपति’ योजना : १ करोड रुपैयाँको बम्पर नगद पुरस्कार

आइतबार, ०१ असार २०८२, १७ : ५४
आइतबार, ०१ असार २०८२

काठमाडौँ । एनसेलले ग्राहकलाई सधैं सम्पर्कमा रहन मात्र होइन, अब १ करोड रुपैयाँ जित्ने अवसरसमेत प्रदान गर्ने योजना ल्याएको छ। आइतबार (असार १) देखि लागू भएको ‘सधैं अन करोडपति’ योजनाअन्तर्गत एनसेल सेवाको प्रयोग गर्ने ग्राहकले बम्पर नगद पुरस्कार जित्न सक्नेछन्।

१२ हप्तासम्म चल्ने यो योजनाअन्तर्गत प्रत्येक हप्ता १० जना भाग्यशालीले जनही १ लाख रुपैयाँ नगद पुरस्कार जित्नेछन्। साथै, सहभागी हुने सबै ग्राहकले डेटा, भ्वाइस वा डिजिटल सेवा बोनस पाउने भएकाले योजना ‘सबैका लागि केही न केही’ सिद्धान्तमा आधारित रहेको कम्पनीले जनाएको छ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभका अनुसार, “एक दशकपछि ल्याइएको यो सबैभन्दा ठूलो उपभोक्ता योजना हो। ग्राहकलाई सुलभ सेवा दिनेसँगै ठूलो पुरस्कार जित्ने अवसर दिनु हाम्रो प्रतिबद्धताको हिस्सा हो।”

योजनामा सहभागी हुन ग्राहकले न्यूनतम ९९ रुपैयाँ वा सोभन्दा माथिको एनसेल सेवा (जस्तै, डेटा प्याक, भ्वाइस प्याक, एसएमएस, रोमिङ वा कम्बो प्याक) खरिद गर्नुपर्नेछ। प्रत्येक ९९ रुपैयाँ बराबरको सेवामा ग्राहकले एउटा टिकट पाउनेछन्। सेवा रकम बढे टिकट संख्या पनि बढ्नेछ – जस्तै ४९९ रुपैयाँ बराबरको प्याकमा ५ वटा टिकट प्राप्त हुनेछन्।

रिन्यूअल वा रोमिङ सेवा खरिद गरेमा ग्राहकले दोब्बर टिकट पाउनेछन्, जसले जित्ने सम्भावना झनै बढाउनेछ। सप्ताहको टिकट संख्या हेर्न ग्राहकले (९९९९) डायल गर्न सक्नेछन् वा ९९९९ मा ‘१’ वा ‘२’ टाइप गरी एसएमएस गरेर जानकारी लिन सकिनेछ।

यस योजनामा नेपालमा प्यान नम्बर र बैंक खाता भएका सबै प्रिपेड, पोस्टपेड तथा वायर–फ्री ग्राहक सहभागी हुन सक्नेछन्। पोस्टपेड ग्राहकले नयाँ सिम खरिद वा मासिक सक्रियतामार्फत योजना प्रवेश गर्न सक्नेछन्।

हर आइतबार साँझ ६:३० बजे एनसेलको युट्युब च्यानल, एनसेल एप र कान्तिपुर टिभीमार्फत विजेताहरूको घोषणा गरिनेछ। विजेतालाई नगद पुरस्कार हस्तान्तरण प्रक्रियाका लागि एनसेलले सिधै सम्पर्क गर्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप