'मिस ग्रान्ड नेपाल २०२५' जित्ने दाउमा गरिमा
काठमाडौँ । बेलबारी नगरपालिका ४ मोरङकी गरिमा गुरुङ हाल काठमाडौँको मनमैजुमा बसोबास गरिरहेकी छिन्। उनले मिस ग्राण्ड नेपाल २०२५ मा सशक्त दाबेदारी प्रस्तुत गर्दै आफूलाई प्रतिस्पर्धाको अग्रपङ्क्तिमा राख्न सफल भएकी छन्।
प्रतियोगिताको छनौट चरणको अडिसनदेखिनै उनले आफ्नो बौद्धिक क्षमता र सौन्दर्यद्वारा निर्णायकहरूको ध्यान आकर्षित गर्न सफल भएकी भइरहेकी छन् । गरिमाले पूर्वमा सुप्रिम मोडल स्कुलबाट अध्ययन गर्दा पहिलो वर्षमै ’स्टुडेन्ट अफ दि इयरझको उपाधि जित्दै आफ्नो नाम बनाएकी थिइन्। हाल कालंकीस्थित इडमार्क कलेजमा समाजशास्त्र विषयमा तेस्रो वर्षमा अध्ययनरत उनी सामान्य परिवारमा हुर्किएकी हुन्।
अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्ने लक्ष्य सहित मिस ग्राण्ड नेपालमा भिडेकी उनी अहिले ३५ दिने लामो प्रशिक्षणमा आफूलाई निखारिरहेकी छन् । आत्मनिर्भर, मेहनती र लगनशील उनी खेलकुद, मनोरञ्जन, पढाइ समेत अब्बल सावित हुँदै आएकी छन् ।
उनी सौन्दर्य प्रतियोगितालाई प्रतियोगिता मात्र नभई जीवनलाई व्यवहारिक अर्थ दिने एउटा माध्यम पनि ठान्छिन् । उनको भविष्यमा महिलाको सशक्तीकरणका लागि काम गरेर समाज सेवा गरेर समाज र राष्ट्र दुवैमा केही योगदान दिने उद्देश्य छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभा अध्यक्षद्वारा सांसदका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ
-
रास्वपाका केन्द्रीय सदस्यहरुले शपथ लिँदा जे देखियो, तस्बिरमा हेर्नुहोस्
-
‘जनताका प्रश्नको जवाफ नदिने सरकारले कस्तो सुशासन दिँदैछ ?’
-
महाधिवेशनपछि रास्वपाको केन्द्रीय समितिको पहिलो बैठक वनस्थलीमा
-
चालु वर्षमा २७५ निर्माण कम्पनी कालोसूचीमा, ३२ कम्पनी निलम्बन पर्दा १० को फुकुवा
-
मन्त्रालयमा हाजिर गर्दै छानबिनमा परेका तत्कालीन महानिर्देशक ढकाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण