जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
सोमबार, ०२ असार २०८२, २२ : २२
काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको कोशी प्रदेशअन्तर्गत लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएको छ ।
सुनसरीको धरानमा सम्पन्न अधिवेशनबाट मचिन्द्र बेघाको अध्यक्षतामा २१ सदस्यीय पहिचानमा आधारित राष्ट्रिय समितिअन्तर्गतको लिम्बुवान राष्ट्रिय समिति निर्वाचित भएको पार्टीले जनाएको छ ।
समितिको उपाध्यक्षमा मणी लुङ्घेली, रीता खापुङ, हेमराज जिमी मुख्य सचिवमा सञ्जय मेवाहाङ राई, सचिवमा सूर्य तमु, सोनिका आठपहरिया, कमल नेम्बाङ र कोषाध्यक्षमा गीता कुमारी याक्खा निर्वाचित भएका छन् ।
अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष उपेन्द्र यादवले गरेका थिए भने विशिष्ट वक्ताको रुपमा रकम चेम्जोङ रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० प्रतिशत शय्या निःशुल्क कार्यान्वयनमा किचलो
-
स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण