जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
सोमबार, ०२ असार २०८२, २२ : २२

काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको कोशी प्रदेशअन्तर्गत लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएको छ ।
सुनसरीको धरानमा सम्पन्न अधिवेशनबाट मचिन्द्र बेघाको अध्यक्षतामा २१ सदस्यीय पहिचानमा आधारित राष्ट्रिय समितिअन्तर्गतको लिम्बुवान राष्ट्रिय समिति निर्वाचित भएको पार्टीले जनाएको छ ।
समितिको उपाध्यक्षमा मणी लुङ्घेली, रीता खापुङ, हेमराज जिमी मुख्य सचिवमा सञ्जय मेवाहाङ राई, सचिवमा सूर्य तमु, सोनिका आठपहरिया, कमल नेम्बाङ र कोषाध्यक्षमा गीता कुमारी याक्खा निर्वाचित भएका छन् ।
अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष उपेन्द्र यादवले गरेका थिए भने विशिष्ट वक्ताको रुपमा रकम चेम्जोङ रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेविसंघबारे निर्णय लिन बसेको देउवासहितको बैठक अनिर्णीत
-
वितरणमुखी बजेटले समृद्धि आउँदैन : महत
-
तीन सुपर ओभरसँगै विश्व क्रिकेटमा नेपाली टोलीले बनाएका केही महत्त्वपूर्ण रेकर्ड
-
उद्योग मन्त्रालयमा सडक निर्माणको बजेट, मन्त्री भण्डारीको जिल्ला मात्रै २१ करोड
-
‘प्रतिपक्षले बजेट प्रस्तुत हुनुअघि नै विरोध गर्नु जायज थिएन’
-
गणेश ठाडा मगरलाई सशस्त्रको एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय