गणेश ठाडा मगरलाई सशस्त्रको एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
मङ्गलबार, ०३ असार २०८२, ११ : ५९
सारांश
- मन्त्रिपरिषद्ले गणेश बहादुर ठाडा मगरलाई सशस्त्र प्रहरी बलको एआईजीमा बढुवा गर्ने निर्णय गर्यो।
- सोमबार बसेको बैठकले ठाडामगरलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए।
- गृह मन्त्रालयका सचिवको नेतृत्वमा रहेको बढुवा समितिले उनलाई डीआईजीबाट एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो।
काठमाडौँ । मन्त्रिपरिषद्ले गणेश बहादुर ठाडा मगरलाई सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।
सोमबार साँझ बसेको बैठकले ठाडामगरलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एकजना मन्त्रीले रातोपाटीलाई बताए ।
जेठ १५ मा गृह मन्त्रालयका सचिव गोकर्णमणि दवाडी नेतृत्वको बढुवा समितिले उनलाई डीआईजीबाट एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।
सशस्त्र प्रहरीमा वैशाख २ मा एआईजी चन्द्रप्रकाश (सीपी) गौतम अवकाशमा गएसँगै उनको ठाउँ रिक्त थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण