मेयरले उपमेयरलाई कार्यालय प्रवेश गर्न नदिएपछि...
महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर रेनु कुमारी महतोले आफूलाई मेयर डा.दिपेन्द्र महतोले गुण्डागर्दी शैलीमा कार्यालय प्रवेशमा रोक लगाएको आरोप लगाएकी छन् ।
मंगलबार बिहान कार्यालय प्रवेश गर्न खोज्दा मेयरले गेटमै ताला लगाउन लगाएर आफूलाई कार्यालय प्रवेश गर्न नदिएको उपमेयर महतोले भिडिओमार्फत गुनासो गरेकी हुन् ।
मेयर महतो र प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारीको मिलेमतोमा दर्ता चलानीको कोलम खाली राखेर अनियमितता गरेको भन्दै आफूले रजिस्टर नियन्त्रणमा लिएपछि आफूलाई कार्यालय प्रवेश गर्न नदिएको उपमेयर महतोले आरोप लगाइन् ।
‘आज बिहान ८ बजे कार्यपालिकाको बैठक राखिएको थियो । म करिब साढे ८ बजे पुगे । तर, भित्र प्रवेश गर्नै दिइएनन् । वातावरण ठिक थिएन । म फर्किएँ । त्यसपछि कार्यालय समयमा पुग्दा पनि भित्र प्रवेश गर्न दिइएको छैन’, उपमेयर महताले बताइन् । मेयर र उपमेयर दुवै जसपाबाट निर्वाचित हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको वैचारिकीमा प्रदीपको प्रश्न, बालेन कडा जवाफ
-
ओयार्जाबालको दुई गोलसँगै पहिलो हाफमा साउदी अरेबियाविरुद्ध स्पेनको ३–० को दबदबा
-
स्पेनको आक्रामक सुरुवातमा यामलले खोले खाता, साउदी अरेबियाविरुद्ध ३–० को अग्रता
-
पश्चिम एसियामा सम्बन्ध सदाका लागि बदल्न सकिन्छ : अमेरिकी उपराष्ट्रपति
-
अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे
-
१० बजे १० समाचार : रविलाई नै सभापति चुन्ने तयारीमा रास्वपा, पार्टीमा विवाद नरहेको सन्देश प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण