मेयरले उपमेयरलाई कार्यालय प्रवेश गर्न नदिएपछि...

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर रेनु कुमारी महतोले आफूलाई मेयर डा.दिपेन्द्र महतोले गुण्डागर्दी शैलीमा कार्यालय प्रवेशमा रोक लगाएको आरोप लगाएकी छन् ।
मंगलबार बिहान कार्यालय प्रवेश गर्न खोज्दा मेयरले गेटमै ताला लगाउन लगाएर आफूलाई कार्यालय प्रवेश गर्न नदिएको उपमेयर महतोले भिडिओमार्फत गुनासो गरेकी हुन् ।
मेयर महतो र प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारीको मिलेमतोमा दर्ता चलानीको कोलम खाली राखेर अनियमितता गरेको भन्दै आफूले रजिस्टर नियन्त्रणमा लिएपछि आफूलाई कार्यालय प्रवेश गर्न नदिएको उपमेयर महतोले आरोप लगाइन् ।
‘आज बिहान ८ बजे कार्यपालिकाको बैठक राखिएको थियो । म करिब साढे ८ बजे पुगे । तर, भित्र प्रवेश गर्नै दिइएनन् । वातावरण ठिक थिएन । म फर्किएँ । त्यसपछि कार्यालय समयमा पुग्दा पनि भित्र प्रवेश गर्न दिइएको छैन’, उपमेयर महताले बताइन् । मेयर र उपमेयर दुवै जसपाबाट निर्वाचित हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले जनसङ्गठन संयन्त्रको बैठक बस्दै
-
दक्षिण अफ्रिकी क्रिकेट : रङ्गको आधारमा कोटा र बबुमाले तोडेको भ्रम
-
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज
-
बोर्ड तथा परिषद हटाउने प्रयास गर्दै बागमती सरकार
-
सङ्घ र प्रदेशको अधिकारको विवादले वन मुद्दा फछ्र्यौट हुनै सकस
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल