बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

बुधबार, ०४ असार २०८२, १० : ४७
बुधबार, ०४ असार २०८२

समाचार सारांश

  • बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ। छापावाल सुन तोलामा १ लाख ९५ हजार ९०० रुपैयाँ पुग्यो।
  • मंगलबारको तुलनामा चाँदीको मूल्यमा वृद्धि भएको छ। चाँदी तोलामा २ हजार २२५ रुपैयाँ पुग्यो।

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १ लाख ९५ हजार ९०० रुपैयाँ कायम भएको छ । 

यसअघि मंगलबार छापावाल सुन तोलामा १ लाख ९५ हजार रुपैयाँ कायम भएको थियो । 

यस्तै चाँदीको मूल्य भने बुधबार ह्वात्तै बढेको छ । मंगलबार तोलामा २ हजार १६० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा २ हजार २२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप