सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

ट्रम्पले निःशर्त आत्मसमर्पण गर्न सुझाएपछि खामेनीले दिए यस्तो प्रतिक्रिया

बुधबार, ०४ असार २०८२, ०९ : ०५
बुधबार, ०४ असार २०८२

सारांश

  • इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इजरायलसँग शान्ति सम्झौता नगर्ने बताएका छन्।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नेता लुकेको र आत्मसमर्पण गर्नुपर्ने कुरा सामाजिक सञ्जालमा लेखेका थिए।
  • खामेनीले ट्रम्पको पोस्टको प्रतिक्रिया दिँदै यहूदी शासनलाई कडा जवाफ दिने बताएका छन् र इजरायलसँगको द्वन्द्व जारी छ।

तेहरान । इरानले इजरायलसँग कहिल्यै शान्ति सम्झौता नगर्ने इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले ट्विटरमा एक पोस्टमा भनेका छन् । ‘युद्ध सुरु भएको छ ।’ अर्को पोस्टमा उनले लेखका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा बिना सर्त आत्मसमर्पण गर्न’ र ‘इरानी सर्वोच्च नेता लुकेर बसेका छन्’ जस्ता कुराहरू लेखेका थिए ।

ट्रम्पको सो पोस्टको प्रतिक्रियामा खामेनीको यी पोष्ट आएको मानिएको छ । खामेनीले लेखेका छन्, ‘हामीले आतङ्ककारी यहूदी शासनलाई कडा जवाफ दिनुपर्छ । हामी यहूदीहरूलाई कुनै दया देखाउने छैनौँ ।’

के थियो ट्रम्पको पोस्टमा ?
ट्रम्पले आफ्नो ट्रुथ सोशल अकाउन्टमा लेखेका थिए, ‘हामीलाई राम्ररी थाहा छ कि तथाकथित सर्वोच्च नेता कहाँ लुकेका छन् । उनी सजिलो निशाना हुन्, तर उनी अहिले त्यहाँ सुरक्षित छन् ।’

अर्को पोस्टमा ट्रम्पले लेखेका थिए, ‘हामी उनीहरूलाई मार्ने छैनौँ, कम्तीमा अहिले त होइन । तर हामी नागरिक वा अमेरिकी सैनिकहरूमाथि मिसाइल प्रहार होस् भन्ने पनि चाहँदैनौँ । हाम्रो धैर्य टुट्दै गएको छ ।’ जुन १३ मा, इजरायलले इरानको आणविक कार्यक्रमहरूमाथि आक्रमण गर्याे । त्यसबेलादेखि दुई देशबिचको द्वन्द्व चलिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप