प्रिमियर लिगको खेल तालिका आज सार्वजनिक हुँदै
बुधबार, ०४ असार २०८२, ११ : ३९
सारांश
- प्रिमियर लिग फुटबलको नयाँ सिजनको खेल तालिका आज सार्वजनिक हुनेछ, नेपाली समय अनुसार दिउँसो १:४५ मा सार्वजनिक गरिनेछ।
- नयाँ सिजन अगस्ट १६ बाट सुरु हुनेछ, र अन्तर्राष्ट्रिय प्रतियोगितालाई ध्यानमा राखेर तालिका बनाइनेछ।
- गत सिजन लिभरपुलले उपाधि जितेको थियो, आर्सनल दोस्रो भएको थियो, र २० क्लबबीच ३८० खेल हुनेछन्।
एजेन्सी । प्रिमियर लिग फुटबलको खेल तालिका आज सार्वजनिक हुने भएको छ । प्रिमियर लिगले आज (बुधबार) नेपाली समय अनुसार दिउँसो १ः४५ मा तालिका सार्वजनिक गर्नेछ ।
प्रिमियर लिगको नयाँ सिजन अगस्ट १६ बाट सुरु हुनेछ । लिगले नयाँ सिजनको तालिका सार्वजनिक गर्दा अन्तर्राष्ट्रिय प्रतियोगितालाई ध्यानमा खाख्ने जनाएको छ ।
गएको सिजन प्रिमियर लिगको उपाधि लिभरपुलले जितेको थियो । लिभरपुलले ३८ खेलमा ८४ अंक जोडेर च्याम्पियन बनेको थियो । आर्सनल ७४ अंक जोडेर दोस्रो भएको थियो ।
जम्मा २० क्लबले होम एन्ड अवे अवधारणामा प्रतिस्पर्धा गर्दा जम्मा ३८० खेल हुने भएका छन् । यो वर्ष हुने युरो कप, फिफा विश्वकप लगायतका प्रतियोगितालाई पनि ध्यानमा राखिने लिगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोगले सम्पत्ति विवरण मागेपछि कागजात मिलाउन नेताहरूको दौडादौड
-
एसियाडका लागि छानिए युवराज
-
शनिबार रत्नपार्क क्षेत्रमा बढ्यो चहलपहल (तस्बिरहरू)
-
हुम्ला–बाजुरा सीमा क्षेत्रको स्वामित्व विवाद : के हो वास्तविकता ?
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण