बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

प्रिमियर लिगको खेल तालिका आज सार्वजनिक हुँदै

बुधबार, ०४ असार २०८२, ११ : ३९
बुधबार, ०४ असार २०८२

समाचार सारांश

  • प्रिमियर लिग फुटबलको नयाँ सिजनको खेल तालिका आज सार्वजनिक हुनेछ, नेपाली समय अनुसार दिउँसो १:४५ मा सार्वजनिक गरिनेछ।
  • नयाँ सिजन अगस्ट १६ बाट सुरु हुनेछ, र अन्तर्राष्ट्रिय प्रतियोगितालाई ध्यानमा राखेर तालिका बनाइनेछ।
  • गत सिजन लिभरपुलले उपाधि जितेको थियो, आर्सनल दोस्रो भएको थियो, र २० क्लबबीच ३८० खेल हुनेछन्।

एजेन्सी । प्रिमियर लिग फुटबलको खेल तालिका आज सार्वजनिक हुने भएको छ । प्रिमियर लिगले आज (बुधबार) नेपाली समय अनुसार दिउँसो १ः४५ मा तालिका सार्वजनिक गर्नेछ । 

प्रिमियर लिगको नयाँ सिजन अगस्ट १६ बाट सुरु हुनेछ । लिगले नयाँ सिजनको तालिका सार्वजनिक गर्दा अन्तर्राष्ट्रिय प्रतियोगितालाई ध्यानमा खाख्ने जनाएको छ । 

गएको सिजन प्रिमियर लिगको उपाधि लिभरपुलले जितेको थियो । लिभरपुलले ३८ खेलमा ८४ अंक जोडेर च्याम्पियन बनेको थियो । आर्सनल ७४ अंक जोडेर दोस्रो भएको थियो । 

जम्मा २० क्लबले होम एन्ड अवे अवधारणामा प्रतिस्पर्धा गर्दा जम्मा ३८० खेल हुने भएका छन् । यो वर्ष हुने युरो कप, फिफा विश्वकप लगायतका प्रतियोगितालाई पनि ध्यानमा राखिने लिगले जनाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप