सुनचाँदी व्यवसायी महासंघ र सुनचाँदी रत्न तथा आभूषण महासंघले सार्वजनिक गरेको घोषणापत्रमा के छ ?
सरकारलाई असार मसान्तसम्मको अल्टिमेटम
बुधबार, ०४ असार २०८२, २० : ४३
काठमाडाैँ । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्त रूपमा आयोजना गरेको राष्ट्रिय भेलाले बुधबार काठमाडौँ घोषणा–पत्र २०८२ सार्वजनिक गरेको छ।
घोषणा–पत्रमा सुनमा सरकारले लगाएको २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याटको सन्दर्भमा पुनर्विचार गरी खारेज गर्नका लागि निर्णयक पहल गर्ने जारी घोषणा पत्रमा उल्लेख गरिएको छ ।
सुनचाँदी व्यवसायीहरूले सरकारले लगाएको विलासिता कर र भ्याट खारेज गर्न माग गर्दै असार मसान्तसम्मको अल्टिमेटम समेत दिएका छन् ।
सुनचाँदी व्यवसायी महासंघ र सुनचाँदी रत्न तथा आभूषण महासंघद्वारा जारी घाेषणापत्र
- नेपाल सरकारलाई २०८२ असार मसान्तसम्मको समय सीमाको “अल्टिमेटम दिई सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याटको सन्दर्भमा पुनर्विचार गरी खारेज गर्न र नेपाल भारत भंसार दर समान कायम गर्नका लागि निर्णायक पहल गर्ने ।
- नेपाल सरकारले विभिन्न समयमा गरेका सहमति र प्रतिवद्धताको सम्मान गर्दै हाल भईरहेको विरोध एवं आन्दोलनका कार्यक्रमहरु २०८२ असार मसान्तसम्म स्थगित गरी सरकारले व्यवसायी महासंघहरुसंग विगतमा गरेका सहमति अविलम्ब कार्यान्वयन गर्न दवाव दिने र सरकारलाई खवरदारी जारी राख्ने ।
- २०८२ असार मसान्त भित्र हाम्रा माग संवोधन नभएमा संयुक्त समिति मार्फत राष्ट्रिय भेलामा प्रस्तुत भएका कार्यपत्रका आधारमा सशक्त आन्दोलन अघि वढाउने । संघर्षका कायक्रम घोषणा गर्ने ।
- सुनचाँदी, हीरा तथा वहुमूल्य धातुका गहना सम्बन्धि नीति निर्देशिका यथाशिघ्र लागू गराउन निर्णयक पहल गर्ने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण