जनताले अवसर दिए, नेताहरूले देश बिग्रेकाेमा जिम्मा लिनुपर्छ : जनार्दन शर्मा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्मा ‘प्रभाकार’ले राजनीतिक अस्थिरताको कुरा गरेर नेताहरूले आफ्नो गल्ती ढाकछोप गर्ने काम गरिरहेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा खर्च कटौतीको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद शर्माले अस्थिरता सङ्ख्याको कुरा नभएको बताए । ‘यो सङ्ख्याको कुरा होइन । अहिले त दुई तिहाइ बहुमतकै सरकार छ त ?’, उनले भने, ‘दुई तिहाइको सरकार हुँदा पनि सरकार ढल्छ कि ढल्दैन, मेरो सरकार ढल्दैन भन्ने दोहोरी चलिरहन्छ ।’
पूर्वमन्त्री समेत रहेका शर्माले अस्थिरता सङ्ख्याको कुरा नभएर मेन्टालिटीको कुरा भएको पनि बताए ।‘हाम्रो मेन्टालिटी अस्थिर छ । अस्थिर मेन्टालिटीका कारण स्थिरता हुनसक्ने सम्भावनालाई पनि अघि बढाउन सक्दैनौ’, शर्माले भने, ‘कि आफ्नो डिफेन्ड गरिराख्नुपर्ने अवस्थामा हामी छौ ।’
२०४८ देखि ७४ सम्म आउँदा जनताले नेताहरूलाई अवसर दिएको भन्दै उनले ४८ मा एउटा नेतालाई, ६४ मा अर्को नेतालाई र ७४ मा जनताले अवसर दिएपनि त्यो अवसर प्रयोग गरेर नेताहरूले किन देशलाई समृद्धिको दिशामा अघि लैजान सकेनन् भनेर प्रश्न गरे ।
‘अवसर नपाएर होइन, पाउँदापाउँदै पनि देशको समस्यालाई समाधान गर्ने दिशातिर अगाडि नबढेको साँचो हो’, उनले भने, ‘अवसर पाउँदापाउँदै देश बन्न नसक्नु दु:खद कुरा हो ।’
उनले अवसर पाउने नेताहरूको नाम आफूले नलिने भन्दै भ्रष्टाचार बढ्नु, गरिबी बढ्नु र न्याय स्थापित नहुनुमा नेताहरूले नै जिम्मेवारी लिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण