राजनीति
रास्वपा महामन्त्रीको जिम्मेवारी कवीन्द्र वुर्लाकोटीलाई, मनिष झा प्रवक्ता
शनिबार, ०७ असार २०८२, ०९ : ४५
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कवीन्द्र बुर्लाकोटीलाई महामन्त्रीमा नियुक्त गरेको छ।
- पार्टीको स्थापना दिवसको अवसरमा बसेको केन्द्रीय समिति बैठकले यो निर्णय गरेको हो।
- निर्वाचन आयोगले मुकुल ढकाललाई महामन्त्री कायम राखेको भोलिपल्ट यो निर्णय आएको हो।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्रीको जिम्मेवारी कवीन्द्र बुर्लाकोटीलाई दिएको छ । तेस्रो स्थापना दिवसको उपलक्ष्यमा आज बसेको केन्द्रीय समिति बैठकले कार्यवाहक महामन्त्री वुर्लाकोटीलाई कार्यवाहकबाट हटाएर महामन्त्री बनाएको प्रवक्ता मनिष झाले बताए ।
निर्वाचन आयोगले रास्वपाका संस्थापक महामन्त्री डा मुकुल ढकाललाई महामन्त्रीमै रहेको पत्र दिएको भोलिपल्ट रास्वपाले केन्द्रीय समिति बैठकबाट यस्तो निर्णय गरेको हो ।
त्यस्तै कार्यवाहक प्रवक्ताबाट मनिष झालाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ । पार्टीले आज विभिन्न कार्यक्रमको साथ स्थापना दिवस मनाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड
-
सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण