झन्डै डेढ करोडको सुनसहित पोखराबाट दुई जना पक्राउ
सारांश
- पोखरामा १ करोड ३० लाख रुपैयाँभन्दा बढीको सुनसहित दुई जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा भारतका कुलदिप सिंह र रामबहादुर बिक रहेका छन्, उनीहरूलाई बुटवल पठाइएको छ।
- प्रहरीले ८२ तोला १६ लाल सुनका गहना बरामद गरेको छ, जसमा सिक्री, औँठी, झुम्का लगायतका गहना छन्।
पोखरा । पोखरामा झन्डै डेढ करोड मूल्यको सुनसहित २ जना पक्राउ परेका छन् । एक करोड ३० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध सुनसहित दुई जनालाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले पुम्दीभुम्दीबाट बुटवलतर्फ जाँदै गरेको माइक्रो बसमा जाँच गर्दा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको पन्जाब, अमृतसरका ४९ वर्षीय कुलदिप सिंह र रुपन्देही तिलोत्तमा नगरपालिका १६ का ४७ वर्षीय रामबहादुर बिक छन् ।
उनीहरूलाई सुनका विभिन्न गरगहनासहित राजश्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।
उनीहरूको साथबाट प्रहरीले ८२ तोला १६ लाल सुनसहितका गरगहना बरामद गरेको छ । ती गरगहनाको बजार मूल्य १ करोड ३० लाख ४१ हजार ८ रुपैयाँ रहेको प्रहरीले जनाएको छ । बरामद गरगहनामा सिक्री, औँठी, झुम्का, जुली, लकेट, मंगलसूत्र, पोते लगायत छन् ।
उनीहरूबिच फेसबुकमार्फत ३ वर्षअघिदेखि सम्पर्क रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भारतका विभिन्न राज्यमा सुनका गहना बिक्री गर्दै हिँड्ने कुलदिप सिंहले नेपालमा पनि कारोबार गर्ने योजना बनाएका थिए ।
सोही क्रममा अमृतसरस्थित अमरजित साहुको सुन पसलबाट सुन ल्याइ नेपालमा विक्री गर्न लागेको प्रहरीले जनाएको छ । कुलदिपसँगै पोखरा आएका रामबहादुरले बिक्रीबाट केही रकम पाउने सर्तमा साथ दिएको स्वीकारेका छन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको प्रवक्ता तथा डीएसपी हरिबहादुर बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण