संसद् बैठक
सत्तापक्ष बोल्न थालेपछि बैठक कक्षबाट बाहिरियो रास्वपा
आइतबार, ०८ असार २०८२, १३ : ३५
सारांश
- आइतबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसदहरूले विरोध जनाउँदै बैठक कक्ष छाडे।
- सत्तापक्षका सांसदहरूले खर्च कटौतीको प्रस्तावमाथि छलफल गरेपछि रास्वपाले विरोध जनाएको हो।
- रास्वपा भिजिट भिसा प्रकरणको छानबिनको माग गर्दै २६ दिनदेखि आन्दोलनमा छ।
काठमाडौँ । आइतबारको प्रतिनिधिसभा बैठकको सुरुमै बोलेर बेल घेराउपछि रास्वपाका सांसदहरू बैठक कक्षबाट बाहिरिएका छन् ।
सत्तापक्ष कांग्रेस र एमालेका सांसदहरू खर्च कटौतीको प्रस्तावमा बोल्न थालेपछि रास्वपाका सांसदहरू सभाकक्षबाट बाहिरिएका हुन् । उनीहरू प्रतिपक्षी दलका सांसदहरू बोल्दा भने बेलमा उभिएर सुनेका थिए । रास्वपाका प्रवक्ता मनिष झाले विरोधस्वरुप बैठक बहिस्कार गरेको बताए ।
रास्वपा भिजिट भिसा प्रकरणमा छानबिनको माग राखेर २६ दिनदेखि आन्दोलनमा छ । तर, संसद्मा रास्वपाको अवरोधको बेवास्ता गर्दै सभामुखले संसद्को कामकारबाही रोकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण