छुटेका आयोजना समावेश गर्ने कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको निर्णय
आइतबार, ०८ असार २०८२, १८ : ३४
बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको बैठकले सरकारले प्रदेश सभामा प्रस्तुत गरेको बजेट विषयमा आइतबार छलफल गरेको छ ।
देउखुरीमा आज बसेको बैठकले प्रदेश सरकारले प्रस्तुत गरेको बजेट छुटेका आयोजनाहरूलाई समावेश गर्ने पहल गर्ने भएको छ । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश प्रमुख सचेतक जमुना ढकालले आज बसेको बैठकमा छुटेका आयोजनाहरू समावेश गर्ने विषयमा अर्थमन्त्री धनेन्द्र कार्की र पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रतिबद्धता जनाएको रातोपाटीलाई बताइन् ।
असार १ गते लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेटको विषयमा संसादहरु असन्तुष्ट छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण