बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
राशिफल

राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्यफल

बुधबार, ०३ असार २०८३, ०४ : ००
बुधबार, ०३ असार २०८३

सारांश

  • आजको पञ्चाङ्ग अनुसार वि.सं. २०८३ साल असार ३ गते बुधबार, ईश्वी सन् २०२६ जुन १७ तारिख हो ।
  • विभिन्न ग्रहहरूको स्थिति अनुसार आजको राशिफलले प्रत्येक राशिको शुभ-अशुभ फलको विवेचना गरेको छ ।
  • शुभ कार्य तथा यात्राका लागि लाभ बेला र अमृत बेलाको समय पारेर गर्न तथा राहुकालको समयमा शुभ कार्य नगर्न सल्लाह दिइएको छ ।

आजको पञ्चाङ्ग

वि.सं. २०८३ साल असार ३ गते । बुधबार । ईश्वी सन् २०२६ जुन १७ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । ज्येष्ठ शुक्लपक्ष । तिथि–तृतीया, ५२ घडी २१ पला, रातको २ बजेर ६ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–पुनर्वसु, ३२ घडी ३ पला, बेलुकी ५ बजेर ५९ मिनेट उप्रान्त तिष्य । योग–ध्रुव, ५१ घडी २५ पला, रातको १ बजेर २५ मिनेट उप्रान्त व्याघात । करण–तैतिल, दिउँसो ३ बजेर १२ मिनेट उप्रान्त गर, रातको २ बजेर ६ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–गद योग । चन्द्रराशि–मिथुन, मध्याह्न १२ बजेर २१ मिनेट उप्रान्त कर्कट ।

काठमाडौँमा सूर्योदय बिहान ५ बजेर १० मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५९ मिनेट । दिनमान ३४ घडी ३५ पला ।

आजको बार बेला
बिहान ५ बजेर १० मिनेटसम्म लाभ बेला ।
बिहान ५ बजेर ११ मिनेटदेखि बिहान ६ बजेर ५३ मिनेटसम्म अमृत बेला ।
बिहान ६ बजेर ५४ मिनेटदेखि बिहान ८ बजेर ३७ मिनेटसम्म काल बेला ।
बिहान ८ बजेर ३८ मिनेटदेखि बिहान १० बजेर २१ मिनेटसम्म शुभ बेला ।
बिहान १० बजेर २२ मिनेटदेखि बिहान १२ बजेर ५ मिनेटसम्म रोग बेला ।
दिउँसो १२ बजेर ६ मिनेटदेखि दिउँसो १ बजेर ४८ मिनेटसम्म उद्वेग बेला ।
दिउँसो १ बजेर ४९ मिनेटदेखि दिउँसो ३ बजेर ३२ मिनेटसम्म चर बेला ।
दिउँसो ३ बजेर ३३ मिनेटदेखि बेलुकी ५ बजेर १६ मिनेटसम्म लाभ बेला ।
बेलुकी ५ बजेर १७ मिनेटदेखि बेलुकी ८ बजेर १६ मिनेटसम्म उद्वेग बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।

राहुकाल
दिउँसो १२ बजेर ४ मिनेटदेखि दिउँसो १ बजेर ४८ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नुहुँदैन भन्ने शास्त्रीय मान्यता रहेको छ ।

ब्रह्म मुहूर्त
बिहान ३ बजेर ३४ मिनेटदेखि बिहान ४ बजेर २२ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ) : बिहानको समय राम्रो रहेकाले आफन्त, दाजुभाइ तथा अग्रजहरूको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । छोटो तथा रमाइलो यात्राको तय गर्न सकिनेछ । उत्पादनमुखी व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । मध्याह्नबाट समय मध्यम रहेकाले स्वास्थ्यमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । राजनीति तथा सामाजिक काममा समय खर्चनेहरूका लागि समय मध्यम रहेको छ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो) : पढाइ–लेखाइमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ । छोटो दूरीको यात्राको तय गर्न सकिनेछ । दाजुभाइबाट सहयोग पाइने हुनाले आँट तथा साहस गरी लगानी बढाउन सकिनेछ । माया–प्रेममा नजिक हुने समय रहेको छ । सकारात्मक सोचको माध्यमबाट रूढिवादी परम्परालाई चिरफार गर्न सकिनेछ । लेखनकलाको माध्यमबाट अन्धविश्वासलाई चिर्दै समाज रूपान्तरण गर्नमा तपाईंको सक्रिय भूमिका रहनेछ । खेलप्रेमीहरूका लागि समय उत्तम रहेको छ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा) : व्यापार, उद्योग तथा सेयरबजारबाट मनग्गे आम्दानी हुनेछ । माया–प्रेममा एकअर्कालाई विश्वास गर्दै जान सकिने हुनाले मन प्रसन्न रहनेछ । कला, साहित्य तथा यस्तै क्षेत्रमा समय खर्चिनेहरूले मनग्गे धन तथा सम्पत्ति कमाउन सक्नेछन् । पढाइ–लेखाइमा थोरै समय दिए पनि सफलता हात लाग्नेछ । कुटुम्बबाट आवश्यक सहयोग पाइने हुँदा मन खुसी रहनेछ । खेलकुद तथा खेलप्रेमीहरूका लागि समय उत्तम रहेको छ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो) : बिहानको समय मध्यम रहेकाले अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यतीत गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । माया–प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ । मध्याह्नबाट समयमा सुधार हुने हुनाले विभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरू सम्पन्न हुने हुँदा आफन्तहरू खुसी हुनेछन् । सुन्दर तथा विलासी वस्तुहरूको प्रयोगमार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । उत्तम वस्त्र, मनपर्ने भोजन तथा विशेष उपहार प्राप्तिको योग रहेको छ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे) : बिहानको समय राम्रो रहेकाले नोकरी तथा कार्यक्षेत्रमा तपाईंको प्रस्तुति गहन हुनेछ । व्यवसाय फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृढ हुनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैँतिर ल्याउन सकिनेछ । मध्याह्नबाट समय मध्यम रहेकाले स्वास्थ्यमा समस्या आई कामहरू प्रभावित हुनेछन् । सवारी साधनको प्रयोग गर्दा वा बाटो हिँड्दा ध्यान नदिए दुर्घटना नहोला भन्न सकिन्न । तरपनि काम वा अध्ययनको सवालमा लामो दूरीको यात्राको योग रहेको छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) : प्राकृतिक स्रोत साधन तथा पैतृक सम्पत्तिको प्रयोगमार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार, उद्योग तथा पुँजीबजारमा गरिएको लगानीबाट लाभ लिन सकिनेछ । पढाइ–लेखाइमा उत्कृष्ट अङ्क ल्याउँदै अरूभन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ । माया–प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ । भौतिक सम्पत्ति वा सवारी साधन प्राप्तिको योग रहेको छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) : राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ भने कार्यक्षेत्रमा तारिफयोग्य काम गरी लोकप्रियता कमाउन सकिनेछ । शिक्षामा भनेजस्तो नतिजा हात पार्न सकिने हुनाले प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् । माया–प्रेममा विश्वासको वातावरण बढेर जानेछ । नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेको छ । व्यापार, सेयरबजार तथा उत्पादनमुखी व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू) : खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक उपलब्धि हासिल हुनेछ । पढाइ–लेखाइकै सिलसिलामा लामो तथा छोटो दूरीको यात्रा हुनेछ । स्वास्थ्य सबल हुनाले पुरुषार्थी काम गरी आम्दानी बढाउन सकिनेछ । माया–प्रेमको डोरो कसिलो भएर जाने तथा पति–पत्नीबीच अझ विश्वास बढेर जानेछ । नाफामुखी व्यापारभन्दा सेवामुखी व्यापार व्यवसाय फस्टाएर जानेछ । सेयरबजार, खाद्यान्न, निर्माण सामग्रीको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । बिहानको समयमा यात्रा गर्दा ध्यान दिनुहोला ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) : बिहानको समय राम्रो रहेकाले व्यापार व्यवसायमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ–लेखाइमा मन जाने तथा अध्ययनकै सवालमा यात्रा गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । मध्याह्नबाट समय मध्यम रहेकाले गोप्य रिपोर्टहरू बाहिर आउने तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । माया–प्रेममा धोका तथा मनमुटाव सिर्जना हुने योग रहेको छ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी) : व्यापार, सेयरबजार तथा उद्योगमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ भने साझेदारी व्यवसायबाट लाभ लिन सकिनेछ । व्यापारकै सिलसिलामा यात्राको तय हुनेछ । भौतिक सम्पत्ति तथा विलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । पढाइ–लेखाइमा प्रतिस्पर्धीहरू आफैँ किनारा लाग्नेछन् । माया–प्रेमको डोरो कसिलो भएर जानेछ । नोकरीमा प्रवेश तथा पदोन्नतिको गतिलो योग रहेको छ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा) : कार्यक्षेत्रमा केही विषयमा विवाद भए पनि तपाईंको भनाइ तथा रायलाई स्वीकार्दै जाने सहमति जुट्नेछ । न्यायिक निर्णयहरू तपाईंको पक्षमा आउनेछन् । आफन्त तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । पढाइ–लेखाइ सफलताकै मार्गमा अगाडि बढ्नेछ । प्रयत्न गर्दा राज्यबाट पद प्राप्तिको गतिलो योग रहेको छ । तपाईंको खुट्टा तान्ने तथा कुरा काट्नेहरू तपाईंको प्रशंसा गर्दै हिँड्नेछन् ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, का, की) : बिहानको समय मध्यम रहेकाले सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महसुस हुनेछ । प्रतिस्पर्धीहरूको अवरोधले फाइदाको सम्भावना टरेर जानेछ । मध्याह्नबाट समय राम्रो रहेकाले व्यापार तथा सेयरबजारमा लगानी बढाउँदा मनग्गे लाभ हुनेछ । पढाइ–लेखाइमा प्रतिद्वन्द्वीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । विलासी वस्तु उपहारको रूपमा प्राप्त हुनेछ । खेलप्रेमीहरूका लागि समय उत्तम रहेको छ ।

तपाईंको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप