सबै स्थानीय तहमा ‘म स्वस्थ मेरो समुदाय स्वस्थ’ कार्यक्रम लागू गरिने
सारांश
- स्वास्थ्य मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरेको छ।
- मन्त्री प्रदीप पौडेलले सीमित स्रोतको अधिकतम प्रयोग गर्ने र नसर्ने रोग स्क्रिनिङ महिना मनाइने बताए।
- स्थानीय तहमा जनस्वास्थ्य अधिकृतको व्यवस्था र नागरिक आरोग्य कार्यक्रम विस्तार गरिनेछ।
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ९५ अर्ब ८१ करोड विनियोजन गरेको छ ।
जसमा संघ सरकारबाट ५५ अर्ब ४९ करोड, प्रदेश सरकारबाट ६ अर्ब ४३ करोड स्थानीय सरकारतर्फ ३४ अर्ब ३२ करोड विनियोजन गरिएको छ ।
प्रतिनिधिसभामा प्रस्तुत भएको बजेटमाथि मन्त्रालयगत छलफलका रूपमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सीमित स्रोत भित्र अधिकतम प्रयोग गर्ने उद्देश्यले बजेट पारिएको बताए ।
निरोगी नेपालको अवधारण अनुसार फागुन महिनालाई नसर्ने रोग स्क्रिनिङ महिनाका रूपमा मनाइने उनले बताए । यस्तै ‘म स्वस्थ मेरो समुदाय’ कार्यक्रमका ७३६ स्थानीय तहमा जनस्वास्थ्य प्रभावकारी सञ्चालन गर्न एक-एक जनस्वास्थ्य अधिकृतको व्यवस्था गरिएको मन्त्री पौडेलले बताए ।
आयुर्वेद योग ध्यान तथा परम्परागत चिकित्सा विधिमार्फत निरोगी नागरिक बनाउन नागरिक आरोग्य कार्यक्रमलाई सबै स्थानीय तहमा विस्तार गरिने मन्त्री पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
-
विश्वकपअघि क्रोएसियाको सुखद जित, कप्तान मोड्रिचको गोल
-
नर्वेसँग बराबरी खेल्दा मोरक्कोलाई दुई मुख्य खेलाडीको चोटको चिन्ता
-
फिलिपिन्समा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, एसियाका विभिन्न देशमा सुनामीको चेतावनी
-
राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण