सिटी सफारीमा छुटेको ७७ हजार नगदसहितको झोला प्रहरीले फिर्ता गरायो
सोमबार, ०९ असार २०८२, १९ : ४१
विराटनगर । मोरङको विराटनगरमा सिटी सफारी भित्र छुटेको नगद र मोबाइलसहितको झोला प्रहरीले फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।
८० वर्षीय ईश्वर प्रसाद उपाध्यायले विराटनगर ५ स्थित जानकी चोकमा ओर्लिएपछि आफ्नो झोला सिटी सफारीमै छुटेको भनी प्रहरीमा निवेदन दिएका थिए। झोलाभित्र नगद सत्तहत्तर हजार पाँच सय, एक थान आइफोन मोबाइल र केही व्यक्तिगत कागजातहरू रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङले निवेदनका आधारमा सीसीटीभी फुटेजको सहायताले खोजी गर्दा प्रदेश १–००–२ ह ३९३० नम्बरको सिटी सफारी पत्ता लागेको र सम्बन्धित सामान फेला पारिएको जनाएको छ ।
भेटिएको सामान सोमबार सम्बन्धित धनी ईश्वर प्रसाद उपाध्यायलाई बुझाइएको मोरङ प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रविलाई नै सभापति चुन्ने तयारीमा रास्वपा, पार्टीमा विवाद नरहेको सन्देश प्रवाह
-
इरानमाथि भीषण सैन्य हमला गर्ने डोनाल्ड ट्रम्पको चेतावनी
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
-
‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती
-
बङ्गलादेशमा डेङ्गु सङ्क्रमणमा वृद्धि : जुन महिनामा एक हजार ७०० भन्दा बढी सङ्क्रमित
-
तिलिचो भक्ति यात्रा सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण