बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
भिजिट भिसा प्रकरण

छानबिन समितिबारे राप्रपाले भन्यो– दुधको साक्षी बिरालो राखेर समस्याको समाधान हुँदैन

मङ्गलबार, १० असार २०८२, १२ : ५३
मङ्गलबार, १० असार २०८२

सारांश

  • राप्रपाले भिजिट भिसा प्रकरणमा सरकारले बनाएको छानबिन समितिको विरोध गरेको छ।
  • राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले १८ वर्षमा १४ जना गृहमन्त्री भएको र सबैलाई अनुसन्धानको घेरामा ल्याउनुपर्ने बताए।
  • शाहीले छानबिन समितिले विधिको शासन स्थापना नगर्ने र भिजिट भिसा प्रकरणमा संलग्नहरूलाई उन्मुक्ति दिन खोजेको आरोप लगाए।

काठमाडौँ । भिजिट भिसा प्रकरणमा सरकारले बनाएको छानबिन समितिको राप्रपाले विरोध गरेको छ । 

मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले छानबिन समितिको विरोध गरेका हुन् । 

उनले १८ वर्षमा १४ जना गृहमन्त्री भएको बताउँदै सबैलाई अनुसन्धानको घेरामा ल्याउनुपर्नेमा आरोपीलाई चोख्याउने हिसाबले समिति बनेको बताए । 

उनले ‘दुधको साक्षी बिरालो राखेर’ समस्याको समाधान हुन नसक्ने जिकिर समेत गरे। जसको विरुद्धमा छानबिन हुनुपर्ने हो उनीहरूले नै कर्मचारीलाई राखेर गरिने छानबिन समितिले विधिको शासन स्थापना नगर्ने उनको भनाइ थियो । 

उनले सरकारले बनाएको छानबिन समिति अपराधको ढाकछोप गर्ने र भिजिट भिसा प्रकरणमा संलग्न भएका १४ जना गृहमन्त्रीहरूलाई उन्मुक्ति दिन ल्याइएको नयाँ प्रोपोगाण्डा भएको जिकिर गरे । शाहीले सरकारको यो प्रोपोगाण्डाकाविरूद्ध राप्रपा सडक र सदनमा एकजुट हुने समेत बताए । 

उनले यो मान्छे बेच्ने प्रक्रिया भएको बताउँदै सङ्ख्याको आधारमा यो मुद्दालाई निस्तेज नपार्न समेत आग्रह गरे । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शंकरदास बैरागीको नेतृत्वमा भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप