स्वास्थ्य मन्त्रालयका प्रवक्तालाई प्रश्न : फेरि कडाइ गर्नुपर्ने अवस्था आएको हो ?
विराटनगर । नेपालमा पुनः कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा छ । मंगलबार मात्रै विराटनगरमा एक जना महिलाको मृत्यु भयो । गत माघदेखि देखिएको सङ्क्रमणको दर अहिले बढ्दै गएर १ सय ८७ जनामा पुगेको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसको जोखिम, सरकारी तयारी र अपनाउनुपर्ने सतर्कताबारे के गर्दैछ ? विगतको कोभिड महामारीजस्तै फेरि ‘लक डाउन’ युगमा फर्किनु पर्ने अवस्था आउँदैछ ? यसै विषयमा हाम्रा सम्वाददाता अर्जुन आचार्यले नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीसँग संक्षिप्त कुराकानी गरेका छन् । प्रस्तुत छ उनीसँगको कुराकानी ।
- आज एक जनाको कोभिडका कारण मृत्यु भएको भनेर समाचार आइसकेको छ । यस सन्दर्भमा सरकारले कोभिड नियन्त्रणको तयारी र अपनाउनुपर्ने सतर्कताबारे के गरिरहेको छ ?
– यो विषयमा हामीले मिडिया ब्रिफिङमार्फत भन्न थालेको लगभग एक महिना भइसक्यो । जब भारतमा सङ्क्रमण फैलियो, हामीले नेपालमा पनि छिटो वा ढिलो सङ्क्रमण फैलिन्छ भनेर सिमानाका र हवाई नाकामा रहेका हेल्थ डेस्कमार्फत काउन्सिलिङ र परीक्षण सुरु गरिसकेका थियौँ ।
पछिल्लो समय देखिरहनुभएको सङ्क्रमितको सङ्ख्या त्यसैको परिणाम हो । हामीले आम मानिसलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न, रुघाखोकी लागेका व्यक्तिहरू भिडभाडमा नजान, जानै परे मास्क लगाउन, साबुन पानीले हात धुन र प्रभावित क्षेत्रबाट आएकाहरू एक हप्ता क्वारेनटाइनमा बस्न अपिल गरिरहेका छौँ । तर, यसको कार्यान्वयन पक्ष फितलो देखिएको छ । त्यसैले विगतको तुलनामा सङ्क्रमण बढ्दो क्रममा छ ।
- अहिले नेपालमा चाहिँ सङ्क्रमणको अवस्था के छ ?
– हामीले माघदेखि हेर्दा अहिलेसम्म १८७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
- अनि मृत्यु भएको केसचाहिँ विराटनगरको यो पहिलो हो ?
– हो, २०८० वैशाख २१ गते पछिको यो पहिलो केस हो । तर हामी यसलाई भेरिफाइ गर्दैछौँ । किनभने सम्बन्धित अस्पतालले मृत्युको कारण कोभिड–१९ नै हो भनेर रिपोर्ट गरेको छैन । उहाँहरूले ‘कार्डियोपल्मोनरी अरेस्ट’ उल्लेख गर्नुभएको छ । त्यसैले हामी अस्पताल र सम्बन्धित फिजिसियनसँग थप पुष्टि गर्दैछौं ।
- तपाईँले नै स्वास्थ्य मापदण्डमा कडाइ गर्ने, लक्षण भएकालाई क्वारेन्टिनमा राख्ने र सीमा क्षेत्रमा निगरानी बढाउने भनेर गरेका निर्देशनको कार्यान्वयनमा फितलो छ भन्नुभयो । एक जनाको मृत्यु भइसकेपछिको अबको अवस्थालाई चाहिँ कडाइ गर्नुपर्ने हो कि यस्तै तरिकाले चल्छ ?
– हो अझै पनि कडाइका साथ लागू भएको छैन । हामीले देखेको सङ्क्रमण र धेरैले खोप लगाएका कारण प्रायःमा लक्षण देखिएको छैन वा सामान्य मात्रै छ । त्यसैले हामीले जोखिम समूहलाई जोगाउनकै लागि भए पनि अन्यले मापदण्ड पालना गरिदिनुस् भनेका हौं । अर्को कुरा, कोभिड सिमानाकाबाटै छिरेर फैलिएको भन्ने पनि होइन । नेपालभित्रै पनि फाट्टफुट्ट देखिइरहेको थियो । त्यसैले अब नेपालभित्रै सचेतना बढाएर सबैले मास्क लगाउने, भिडभाडमा नजाने र घरका जोखिम समूहमा रहेकाहरू, जस्तै– दीर्घरोगी, ज्येष्ठ नागरिक, बालबालिका र खोप नलगाएकाहरूलाई जोगाउन बाँकी सबैले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ । अहिले एउटा मृत्युको खबर आइसकेपछि त सबैले यो पालना गर्नै पर्ने अवस्था आएको छ । त्यो पालना गर्न अनिवार्य गर्नुपर्छ होला भन्ने लाग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण