इरानबाट दुई नेपालीको उद्धार
बुटवल । भारतको सहयोगमा दुई नेपालीको उद्धार गरिएको छ । भारतको सहयोगमा इरानबाट बुधबार दुई नेपालीकाे उद्धार गरिएकाे हाे । बुटवलका उपमहानगरपालिका वडा नम्बर १२ गणेशप्रसाद पोखरेल र वडा नम्बर १३ का सुमन गैरेकाे इरानबाट उद्धार गरिएकाे हाे । उनीहरु बुधबार साँझ नेपाल स्थित बुटवल आइपुगेका छन् ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बावुदेव घिमिरेले दुई जना बुटवल घर भएका युवाहरू कपिलवस्तुको कृष्णनगर नाका हुँदै बुटवल आएको रातोपाटीलाई बताए ।
उनले भने, 'दुई जना आज आएका छन् , अरू पनि ६ जना आउने भन्ने अनौपचारिक जानकारी पाएको छु, औपचारिक जानकार भने आएको छैन।' आज आएका ती दुई दुई जनालाई बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेले भेट गरेका छन् ।
भेटका क्रममा उनीहरूले नेपाल सरकार परराष्ट्र मन्त्रालयले गरेको सहयोग र पहलका कारण आफूहरू जोखिमपूर्ण स्थानबाट सकुशल घर आइपुगेको बताएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण