बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

अनमोलको फिल्म ‘बाटुलो जुन’को छायाङ्कन सुरु, प्रिन्सीसँग फर्स्ट लुक सार्वजनिक

शनिबार, १४ असार २०८२, १८ : ३४
शनिबार, १४ असार २०८२

सारांश

  • अनमोल केसीको नयाँ फिल्म 'बाटुलो जुन'को छायाङ्कन धादिङको काउलेबाट सुरु भएको छ।
  • फिल्ममा अनमोल केसी र प्रिन्सी खतिवडाको फर्स्ट लुक्स सार्वजनिक गरिएको छ।
  • फिल्मको बजेट २५ लाख रहेको छ र निर्देशक भुवन केसी हुन्।

काठमाडौँ । अनमोल केसीको नयाँ फिल्म ‘बाटुलो जुन’को सुरु भएको छ । धादिङको काउलेबाट फिल्मको छायाङ्कन सुरु भएको हाे। 

पहिलो चरणमा केही दिन मात्र फिल्मको छायाङ्कन हुनेछ । बाँकी छायाङ्कन भने भदौमा गर्ने तयारी निर्माण पक्षको छ । 

फिल्मको छायाङ्कन सुरु भएसँगै यसको निर्माण पक्षले फिल्मका नायक अनमोल केसी र नायिका प्रिन्सी खतिवडाको फर्स्ट लुक्स पनि सार्वजनिक गरेको छ ।  

सार्वजनिक लुक्समा अनमोल दाह्री पालेर प्रिन्सीसँग केही हेरेर टोलाएको देख्न सकिन्छ । 

जिया केसीको लगानीमा बन्ने फिल्मको बजे २५ लाख बताइएको छ । अङ्गुर खेतीमा फिल्म खिच्नुपर्ने भएकाले केही दिनका लागि यसको टिम धादिङको काउले पुगेको हो । 

फिल्मका अरू को–को कलाकार रहने हुन् भन्ने केही पनि खुलेको छैन । फिल्मका निर्देशक भुवन केसी हुन् ।

निर्देशक केसीले दर्शकले अनमोललाई यसअघि नदेखेको अवतारमा फिल्ममा देख्न पाउने र यो विशेष हुने बताए ।  

अनमोल अभिनीत फिल्म ‘जेरी: अन टप’ असोजको ३१ गतेबाट रिलिजमा आउँदै छ । उनले फिल्म ‘ए मेरो हजुर ५’ पनि साइन गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप