विद्यालय शिक्षा विधेयक: प्रत्येक पाँच वर्षमा शिक्षकहरूले पुनर्ताजगी तालिम लिनुपर्ने
सारांश
- शिक्षकहरूले अब प्रत्येक पाँच वर्षमा पुनर्ताजगी तालिम लिनुपर्नेछ।
- विद्यालय तहको शिक्षक हुन अध्ययन अनुमति पत्र लिनुपर्ने व्यवस्था गरिने भएको छ।
- शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको समितिमा यसबारे सहमति जुटेको हो।
काठमाडौँ । प्रत्येक पाँच वर्षमा शिक्षकहरूले अब पुनर्ताजगी तालिम लिनुपर्ने भएको छ । विद्यालय शिक्षाको पाठ्यक्रम परिवर्तन भए जुनसुकै समयमा पुनर्ताजगी तालिम लिनुपर्ने व्यवस्था गरिने भएको छ ।
आइतबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको समितिमा यस्तो सहमति जुटेको हो ।
बैठकले अध्ययन अनुमति पत्र लिनुपर्ने व्यवस्था समेत गरेको छ । विद्यालय तहको शिक्षक हुन जुनसुकै विषय पढेकाले पनि अध्ययन अनुमति पत्र लिन पाउने सहमति समितिमा जुटेको छ । विधेयकमा शिक्षकलाई पुनर्ताजगी तालिम दिने जिम्मेवारी तीन तहकै सरकारलाई दिने व्यवस्था गरिएको छ ।
सभापति अम्मरबहादुर थापाले शिक्षकले पुनर्ताजगी तालिम लिनुपर्ने र अध्ययन अनुमति पत्रको व्यवस्थाबारे गरेको प्रस्तावमा समिति सदस्यहरूले सहमति जनाएका थिए ।
विद्यालय शिक्षा विधेयकलाई आजै प्रतिवेदनसहित संसदमा पेश गर्नेगरी समिति छलफलमा जुटेको छ । अहिले बालविकास कर्मचारीका विषयमा छलफल जारी छ । अधिकांश सांसदहरूले बालविकास कर्मचारीहरूलाई पनि शिक्षक सरह मान्नुपर्ने धारणा राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट : मन्त्रालयले सार्वजनिक गर्यो स्वीकृत सूची
-
प्रतिस्पर्धाबिना नास्टमा उपकुलपति नियुक्त गरेपछि वैज्ञानिकहरू रुष्ट, उठाए प्रश्न
-
'विश्वमा शान्ति, करुणा, सहिष्णुता र मानवताको प्रवर्द्धनमा बौद्ध दर्शनमा आधारित संस्थाहरूको भूमिका महत्वपूर्ण'
-
वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण