उपप्रमुख बेघा भन्छन्, ‘हाम्रो कुरा नभए, उहाँको पनि हुँदैन’
विराटनगर । धरान उपमहानगरपालिकामा प्रमुख हर्कराज राई र उपप्रमुख तथा वडाध्यक्षहरूबिचको विवादका कारण आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट अझै अनिश्चित बनेको छ । असार १० गतेभित्र नगर सभामा बजेट पेस गरिसक्नुपर्ने कानुनी प्रावधान भए पनि आन्तरिक कलहले गर्दा समयसीमा नाघिसकेको छ ।
विवादकै बिच आइतबार बिहान बजेटको सीमा निर्धारण समितिको बैठक बसेको थियो । उक्त बैठकले पनि कहिलेसम्ममा बजेट ल्याउने भन्ने निर्णय गर्न सकेन । बैठकपछि पालिकाका उपप्रमुख आइन्द्रविक्रम बेघाले बजेट ल्याउने विषयमा अझै टुङ्गो नलागेको बताए । उनका अनुसार बैठकमा सामान्य छलफल भए पनि कुनै महत्त्वपूर्ण निर्णय हुन नसकेको हो ।
‘मेयर सापले आफ्नो कुरा राख्नुभयो, हामीले सुन्यौँ,’ उपप्रमुख बेघाले भने, ‘केही भनाभन पनि भयो, तर केही निर्णय नगरी हामी उठ्यौँ ।’ उनले अर्को बैठक बस्ने सहमति भए पनि कहिले बस्ने भन्ने निश्चित नभएको बताए । ‘अब पाँच दिन पछाडि बस्ने भनिएको छ, तर असार नै कट्छ कि के हुन्छ, अहिले टुङ्गो छैन,’ उनले थपे ।
उपप्रमुख बेघाका अनुसार विवादको जड प्रमुख राईको कार्यशैली हो । ‘यो विवाद केही होइन, उहाँको हठ्ठीपन र पेलेरै काम गर्न खोज्ने प्रवृत्तिको हामीले प्रतिवाद गरेको हो,’ बेघाले भने, ‘नगरपालिकालाई संस्थागत र विधि सम्मत ढङ्गले नचलाएका कारण वडादेखि नगरसम्म हरेक ठाउँमा विवाद आइरहेको छ ।’
उनले बजेट ल्याउनैपर्छ भन्नेमा सबै सहमत भए पनि दुवै पक्ष आफ्नो अडानमा कायमै रहेको बताए । उनले कडा शब्दमा भने, ‘उहाँले कुरा राख्नुभएको छ, हामीले हाम्रो कुरा राखेका छौँ । हाम्रो कुरा पूरा भएन भने उहाँको कुरा पनि पूरा हुँदैन, सकियो ।’
सीमा निर्धारण समितिको बैठकले वडाहरूलाई बजेटको सिलिङ तोक्ने काम गरेको छ । ‘सीमा निर्धारण समितिले सीमा ल्याएपछि हामी छलफल गरेर बजेट सररर ल्याउँछौँ,’ बेघाले भने । तर, मेयरले नेतृत्व गर्ने विषयगत समितिले अन्तिम रूप नदिएसम्म केही स्पष्ट नहुने उनको भनाइ छ । अर्को बैठकमा सहमति नजुटेसम्म धरानको बजेट कहिले आउँछ भन्ने प्रश्न अनुत्तरित नै रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
राजेश ढुंगानाको 'मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण