सरकार इन्ट्रेस्ट ग्रुपको पछि लाग्ने हो भने संसद्कै गरिमा रहन्न : विद्या भट्टराई
सोमबार, १६ असार २०८२, १७ : १०
सारांश
- एमाले सांसद विद्या भट्टराईले विद्यालय शिक्षा विधेयकमा सरकार इन्ट्रेस्ट ग्रुपको पछि लागे संसद्को गरिमा नरहने बताइन्।
- शिक्षा समितिको बैठकमा उनले सरकार र संसद्लाई असक्षम बनाउने खेल भइरहेको आरोप लगाइन्।
- भट्टराईले सरकारलाई मस्यौदा वा उपसमितिको प्रतिवेदनको पक्षमा उभिन आग्रह गरिन्।
काठमाडौँ । पूर्व मन्त्री तथा एमाले सांसद विद्या भट्टराईले विद्यालय शिक्षा विधेयकमा सरकार इन्ट्रेस्ट ग्रुपको पछि लाग्ने हो भने संसद्कै गरिमा नरहने बताएकी छन् । सोमबार बसेको शिक्षा समितिको बैठकमा सांसद भट्टराईले संसद् र सरकारलाई असक्षम बनाउने नियतस्वरुप विधेयकका बारेमा चलखेल भएको बताइन् ।
‘सरकार कि मस्यौदामा उभिनुपर्यो कि उपसमितिले दिएको प्रतिवेदनको पक्षमा उभिनुपर्यो’, भट्टराईले भनिन्, ‘सरकार हरेक पल इन्ट्रेस्ट ग्रुपले भनेको कुराहरूको पछि लाग्ने हो भने संसद्को गरिमा र मर्यादा बाँकी रहन्नँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
-
मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने
-
बागमती सरकारबाट बाहिरिन किन भाखा सार्दै छ एमाले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण