संविधान सभा सदस्य यादवको निधन
सारांश
- नेपाली कांग्रेसका नेता रामअयोध्या प्रसाद यादवको निधन भएको छ।
- उहाँ ७२ वर्षको उमेरमा वीरगन्जको अस्पतालमा उपचारको क्रममा निधन हुनुभयो।
- यादव २०७० सालको संविधानसभा निर्वाचनमा बारा १ बाट निर्वाचित हुनुभएको थियो।
रौतहट । नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका–२ कवहीगोठ घर भएका यादवको ७२ वर्षको उमेरमा वीरगन्ज स्थित हेल्थकेयर अस्पतालमा उपचारको क्रममा गएराति निधन भएको छोरा सत्येन्द्र यादवले बताए।
यादव लामो समय देखि मधुमेह रोगबाट ग्रस्त रहेका थिए। उनी २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा बारा निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसबाट निर्वाचित भएका थिए। स्वर्गीय यादव नेपाली कांग्रेस बाराका पूर्व जिल्ला सचिव तथा महासमिति सदस्य समेत रहेका थिए ।
उनको २ छोरा, २ छोरी र श्रीमती रहेकी छिन्। उनको आजै दिउँसो १ बजे अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।
उनको निधनले नेपाली कांग्रेस बाराले एउटा अभिभावक गुमाएको तथा सिङ्गो पार्टीलाई अपूरणीय क्षति पुगेको नेपाली कांग्रेस बाराको सचिव राजेश रौनियारले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण