विद्यालय शिक्षा विधेयक : ७५ प्रतिशत शिक्षक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न माग
काठमाडौँ । नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुले ७५ प्रतिशत शिक्षक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न माग गरेको छ ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र सभामुख देवराज घिमिरेलाई बुधबार ध्यानाकर्षणपत्र बुझाउँदै अनेरास्ववियुले यस्तो माग गरेको हो ।
शिक्षक बन्न चाहने लाखौं युवालाई कुनै पनि प्रतिरोध नगरी समान अवसर दिनका लागि कम्तीमा ७५ प्रतिशत शिक्षक नियुक्ति खुला प्रतिस्पर्धाबाट हुने व्यवस्था गर्न माग गरिएको हो ।
अनेरास्ववियु अध्यक्ष डाक्टर सुजन कडरिया, महासचिव दिपक धामी लगायतको टोलीले शिक्षामन्त्री र सभामुखलाई ध्यानाकर्षणपत्र बुझाउँदै विद्यालय शिक्षा विधेयक शिक्षा समितिमै अल्झिरहेकोमा गम्भीर ध्यानाकर्षण भएको बताए । ७० लाख विद्यार्थीको भविष्यका लागि शिक्षा विधेयक चाँडो पारित गर्न समेत माग गरिएको छ ।
सार्वजनिक शिक्षामा आम जनताको विश्वास बढाउन कानुनी सुनिश्चितता आवश्यक भएको बताउँदै, समय सापेक्ष पाठ्यक्रम, व्यवहारिक परीक्षा प्रणाली, सुविधा सम्पन्न पूर्वाधार र योग्य शिक्षकको व्यवस्था अनिवार्य रहेको ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
-
मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने
-
बागमती सरकारबाट बाहिरिन किन भाखा सार्दै छ एमाले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण