श्रीलंकाविरुद्ध नेपाल ४-० ले अघि, पहिलो हाफमै सावित्राको ह्याट्रिक
बुधबार, १८ असार २०८२, १९ : ०८
काठमाडौँ । एएफसी एसियन कप छनोटअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा पहिलो हाफमा नेपालले ४–० गोलको अग्रता लिएको छ ।
बन्योदकोर रंगशालामा बुधबार नेपाली महिला टोलीले खेलको सातौं मिनेटमा सुरुवाती अग्रता लिएको थियो । नेपालका लागि गीता रानाले गोल गर्दै टिमलाई अग्रता दिलाइन् ।
खेलको १९औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई २–० गोलको अग्रता दिलाइन् । खेलको ४२औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालालाई ३–० गोलको अग्रता दिलाइन् । सावित्राले नै पहिलो हाफको इन्जुरी समयमा ह्याट्रिक पूरा गर्दा नेपालले पहिलो हाफमा ४–० गोलको अग्रता बनाएको छ ।
आजको खेलमा जित निकाल्दै नेपाल प्रतियोगिताको अघिल्लो चरण पारका लागि आफूलाई बलियो बनाउने योजनामा छ । नेपालले पहिलो खेलमा लाओसलाई ९–० गोल अन्तरले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण