एक करोडभन्दा बढी खर्चेर एन्फाले यु–१६ युथ लिग गर्दै, १४ ए डिभिजन क्लबको सहभागिता
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यु–१६ उमेर समूहको युथ लिग गर्ने भएको छ ।
प्रतियोगिता असार २० गतेदेखि सुरु हुने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए। फिफाको ट्यालेन्ट डेभलपमेन्ट स्किम अन्तर्गत आयोजना हुने प्रतियोगिता भव्य बनाउन एन्फाले १ करोड २ लाख ३६ हजार ३३० रुपैयाँ (अमेरिकी डलर ७७,५४८) बराबरको बजेट विनियोजन गरेको छ ।
प्रतियोगितामा ए डिभिजन लिगका सबै १४ टिमको सहभागिता रहनेछ। डबल राउण्ड रोबिन प्रणालीमा सञ्चालन हुने खेलहरू एन्फा कम्प्लेक्समा आयोजना गरिने छन् । आवश्यकता अनुसार केही खेलहरू दशरथ रङ्गशालामा पनि खेलाइने एन्फाले जनाएको छ ।
प्रतियोगिताका विजेतालाई ट्रफीसहित नगद १ लाख रुपैयाँ प्रदान गरिनेछ भने उपविजेतालाई ट्रफीसहित ५० हजार रुपैयाँ दिइनेछ । सहभागी टिमहरूको तयारीलाई सहज बनाउन एन्फाले प्रत्येक टिमलाई ३ लाख ५० हजार रुपैयाँका दरले तयारी खर्च उपलब्ध गराउने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण