कांग्रेस बैठकमा गण्डकीका मुख्यमन्त्री पाण्डेले भने– ‘राइड सेयरिङ लागू हुन्छ’
बिहीबार, १९ असार २०८२, १६ : २१
सारांश
- मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गण्डकी प्रदेशमा राइड सेयरिङ लागु गर्ने बताएका छन्।
- उनले राइड सेयरिङ लागू गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयन गर्ने बताए।
- मुख्यमन्त्री पाण्डेले राइड सेयरिङ लागू नहुँदा ट्याक्सीले बढी भाडा लिने गरेको बताए।
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले प्रदेशमा राइड सेयरिङ लागु गर्ने आफू नेतृत्वको मन्त्रिपरिषद् बैठक र प्रदेशसभाको निर्णय कार्यान्वयन गर्ने बताएका छन् ।
मुख्यमन्त्री पाण्डेले बिहीबार कांग्रेस केन्द्रीय समिति बैठकमा भने– ‘राइड सेयरिङ लागू गर्ने प्रदेश सरकारको निर्णयमा म दृढ छु । लागू गरेरै छोड्छु । मेरो निर्णय कार्यान्वयन गर्न सर्वोच्च अदालतले झन् सजिलो बनाइदिएको छ ।’
मुख्यमन्त्री पाण्डेले राइड सेयरिङ लागू भएमा तीन सयमा जान सकिने स्थानमा लागू नहुँदा ट्याक्सीले १५ सयसम्म लिने गरेको बताए । जनता ठग्नका लागि हुने आन्दोलनबाट आफू पछि नहट्ने उनको भनाइ थियो ।
पाण्डे कांग्रेस केन्द्रीय सदस्य हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण