फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
पाल्पा । केही वर्ष अघिसम्म बर्खा लागेपछि यहाँका फाँट र सिमसारमा देखिने बकुल्ला हिजो आज देखिन छाडेका छन् । यहाँका माडीफाँट, अर्गली, रामपुर पूर्वखोला जस्ता फाँट र ससाना खोला किनारामा देखिने सेतो बकुल्लाहरू देखिन छाडेका हुन् ।
खोला तथा सिमसार क्षेत्रका खेतमा पाइने माछालाई प्रमुख आहारा बनाउँदै आएका बकुल्लाहरू सिमसार मासिँदै गएपछि देखिन छाडेका स्थानीय बताउँछन् । अव्यवस्थित बसोबास, अतिक्रमण, विकास निर्माण, जलवायु परिवर्तनको असरलगायतले सिमसार क्षेत्र मासिँदै गएका छन् ।
बर, पिपल, समी, सिमल जस्ता अग्ला रुखहरुमा सेताम्ये देखिने बकुल्लाहरू एकाएक हराउँदै गएको दमकडाका प्रकाश नेपालले बताए । उनले भने,“जबजब फाँटहरुमा धान रोप्ने समय हुन्छ तब बकुल्लाहरू खेतका छेउछाउमा सेताम्मै देखिन्थे, तिनीहरू धान नकाट्दासम खेतमै भेटिन्थे तर हिजो आज छैनन् ।” बकुल्लाले पानीभित्र माछा तथा चिस्यानमा बस्ने भ्यागुता, गङ्गटा, सानासाना सर्प शिकार गर्छन् ।
हिजो आज खोला र सिमसारहरू मासिँदै जाँदा तिनीहरू पनि हराउँदै गएको उनको भनाइ छ । “पहिले–पहिले यहाँका सिमलका रुखहरू कुनै खाली हुँदैन थिए । सबैमा सेताम्य बास बसेको देखिन्थ्यो । यी एकाएक हराए”, उनले भने, “अन्न बालीमा विषादीको प्रयोगका कारण माछा पाउनै कठिन भयो । आहारामा कमी आएकोले कमी आउँदै गएको हो ।”
सिमसारको अतिक्रमण, वरपरका खेतबारीमा प्रयोग गरिने रासायनिक मल र विषादीको चुहावटका कारण बकुल्ला जस्ता जलपन्छी वर्सेनि घट्दै गएको चराको अध्ययनमा जुटेका विष्णु अधिकारीले बताए ।
खोला र सिमसार क्षेत्रको विनाशले माछाहरू मर्दै जाँदा आहारमा कमी आएकाले जलपन्छी वर्सेनि घट्दै गएको उनको भनाइ छ । उनले भने,“वासस्थान विनाश र आहार नहुनु नै बकुल्ला घट्नुको मुख्य कारण हो ।” संरक्षणको पहल भएन भने अबको केही वर्षमा जलपन्छीहरू पूर्णरूपमा लोप हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषध सहित पक्राउ
-
मेसीको ह्याट्रिक, अर्जेन्टिनाको शानदार प्रदर्शन
-
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
मेसीको दोस्रो गोल, अर्जेन्टिना जिततर्फ उन्मुख
-
‘मन्त्रालय गाभ्नु राम्रो हो, अब असारे विकास प्रवृत्ति हटाउनुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण