भारतबाट नेपाल आउनेले पाँच हजार अमेरिकी डलर बराबरको रकम बोक्न पाउने
सारांश
- उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले भारतबाट आउनेले ५ हजार अमेरिकी डलरसम्मको रकम ल्याउन सक्ने बताए।
- थप रकम ल्याउन चाहेमा भन्सारमा घोषणा गरेर ६ लाखसम्म भारतीय मुद्रा ल्याउन सकिनेछ।
- पर्यटकको सहजताका लागि क्युआर र कार्डबाट भुक्तानी स्वीकार गर्ने व्यवस्था मिलाइनेछ।
काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भारतबाट नेपाल आउने व्यक्तिले पाँच हजार अमेरिकी डलर बराबरको रकम ल्याउन सक्ने व्यवस्था रहेको जानकारी दिएका छन् ।
सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा पौडेलले भन्सारमा घोषणा नगरी पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भारतबाट ल्याउन सक्ने व्यवस्था गरिएको जानकारी दिए ।
त्यस्तै थप रकम ल्याउन चाहेमा भन्सारमा घोषणा गरेर ६ लाखसम्म भारतीय मुद्रा ल्याउन सकिने उनले बताए ।
त्यस्तै उनले नेपालमा आउने पर्यटकको सहजताका लागि क्युआर र कार्डबाट निश्चित सीमासम्म भुक्तानी स्वीकार गर्ने व्यवस्था रहेको जानकारी दिए ।
अर्थमन्त्री पौडेलले भारतीय पाँच सय रुपैयाँ नेपालमा ल्याउँदा पछि भारतले फिर्ता नलिने भएकाले पाँच सयका भारतीय नोटलाई स्वीकार नगरिएको बताए । भन्सार बिन्दुबाट गाडी प्रवेश गरेपछि ठाउँठाउँमा चेकजाँच गर्नु नपर्ने व्यवस्था गरिएको उल्लेख गरे ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयकमाथि संशोधनकर्ता सदस्यहरूसँगको छलफलका क्रममा पौडेलले बैङ्क तथा वित्तीय क्षेत्रमा देखिएका समस्या समाधान गर्नकै लागि सरकारले कानुन बनाउन खोजिएको बताए ।
व्यक्तिले जम्मा गरेर राखेको कालोधनलाई कर तिरेर वैध गर्ने प्रस्ताव निकै गम्भीर रहेकाले यस प्रकारको छलफलले समेत नेपाललाई ग्रे लिस्टबाट बाहिर निस्कन थप समस्यामा पार्न सक्ने उनले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण