सुर्खेतमा चट्याङ लागेर एक जनाको मृत्यु, चार घाइते
सारांश
- शुक्रबार दिउँसो भेरीगंगा नगरपालिकामा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ।
- चट्याङ लाग्दा खेतमा धान रोपाइँ गरिरहेका २७ वर्षीय डिल बहादुर शाहीको मृत्यु भएको हो।
- चट्याङबाट घाइते भएका अन्य चार जनाको मेहलकुना अस्पतालमा उपचार भइरहेको छ।
सुर्खेत । भेरीगंगा नगरपालिकामा शुक्रबार दिउँसो चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । यस्तै अन्य चार जना घाइते भएका छन्।
खेतमा धान रोपाइँ गरिरहेको अवस्थामा चट्याङ पर्दा भेरीगंगा नगरपालिका–८, कुइरेका २७ वर्षीय डिल बहादुर शाहीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक माेहनजंग बुढ्थापाका अनुसार दिउँसो करिब ३ बजे स्थानीय वीर बहादुर थापाको खेतमा रोपाइँ गरिरहेका बेला एक्कासि चट्याङ परेको थियो।
चट्याङ लागेर गम्भीर घाइते भएका शाहीको मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनले बताए।
चट्याङ लागेर घाइते हुनेहरूमा सोही स्थानका १७ वर्षीय पर्वत विक, १९ वर्षीय हुम बहादुर थापा, १८ वर्षीय नवीन विक र ३० वर्षीया सुनिता गिरी रहेका छन्।
उनीहरूको अवस्था सामान्य रहेको र मेहलकुना अस्पतालमा उपचार भइरहेको छ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक पदम बहादुर खत्री र प्रहरी पोस्ट जहरेबाट प्रहरी सहायक निरीक्षक खगेन्द्र सुनारको कमान्डमा खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी अस्पताल पुर्याएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
-
ब्राजिलमा बन्जी जम्पका क्रममा डोरी बाँध्न बिर्सिएर पुलबाट खसाउँदा युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण