अमेरिकी ऋण ३७ ट्रिलियन डलर पुग्यो : विश्वव्यापी अर्थतन्त्रमा नयाँ चिन्ता
सारांश
- अमेरिकी संसदबाट पारित बजेट विधेयकले अमेरिकाको ऋणमा ३ ट्रिलियन डलर थप्ने अनुमान छ।
- डलरको कमजोर मूल्य र उच्च ब्याजदरका कारण अमेरिकाको ऋणको दिगोपनमाथि प्रश्न उठेको छ।
- विज्ञहरूका अनुसार, सरकारले खर्च कटौती वा कर वृद्धि गर्नुपर्ने वा डिफल्टको अवस्था आउन सक्छ।
वासिङ्टन डिसी । यस हप्ता अमेरिकी संसदबाट डोनाल्ड ट्रम्पले आफैँले नाम दिएको र आधिकारिक रूपमा ‘बिग ब्युटिफुल बजेट बिल’ भनिएको विधेयक पारित भएसँगै, अमेरिकाले बाँकी विश्वबाट लिने ऋणको आकार र दिगोपनबारे लामो समयदेखिको शंका फेरि उब्जिएको छ।
ट्रम्पको कर कटौती गर्ने बजेट विधेयकले अमेरिकाको पहिल्यै अत्यधिक ठूलो ३७ ट्रिलियन डलरको ऋणमा कम्तीमा ३ ट्रिलियन डलर थप्ने अपेक्षा गरिएको छ। यस योजनाका आलोचकहरूको कमी छैन, जसमा ट्रम्पका पूर्व सहयोगी इलन मस्क पनि पर्छन्, जसले यसलाई ‘घृणित र वितृष्णाजनक’ भनेका छन्।
बढ्दो ऋणको थुप्रोले केहीलाई यो सोच्न बाध्य बनाएको छ – बाँकी विश्वले ‘अंकल स्याम’ लाई कहिलेसम्म ऋण दिइरहन्छ भन्ने कुराको पनि कुनै सीमा छ कि छैन ?
यी शंकाहरू हालै डलरको कमजोर मूल्य र लगानीकर्ताहरूले अमेरिकालाई ऋण दिनको लागि मागिरहेको उच्च ब्याजदरमा देखिन थालेका छन्। अमेरिकालाई आफ्नो वार्षिक आम्दानी र खर्च बिचको अन्तर पूरा गर्न यो पैसा ऋण लिनु आवश्यक छ।
यस वर्षको सुरुवातदेखि डलरको भाउ पाउन्डको तुलनामा १०% र युरोको तुलनामा १५% ले घटेको छ। यद्यपि अमेरिकाको ऋण लागत समग्रमा स्थिर रहेको छ, तर लामो अवधिको ऋण र छोटो अवधिको ऋणमा तिर्ने ब्याजदर बीचको भिन्नता बढेको छ। यसले अमेरिकी ऋणको दीर्घकालीन दिगोपनमाथि बढ्दो शंकालाई संकेत गर्दछ।
यो त्यस्तो अवस्थामा भइरहेको छ, जब अमेरिकाले युरोपेली संघ र बेलायतभन्दा बिस्तारै ब्याजदर घटाएको छ, जसले सामान्यतया डलरलाई बलियो बनाउँथ्यो किनभने लगानीकर्ताहरूले बैंक निक्षेपमा उच्च ब्याजदर पाउँछन्।
अमेरिकी ऋण एक निर्णायक मोडमा पुगेको विश्वको सबैभन्दा ठूलो हेज फन्डका संस्थापक रे डालियोको विश्वास छ । उनको अनुमान अनुसार, हालको गतिमा अमेरिकाले चाँडै नै ऋण र ब्याज भुक्तानीमा वार्षिक १० ट्रिलियन डलर खर्च गर्नुपर्नेछ।
उनी भन्छन्, ‘म विश्वस्त छु कि सरकारको वित्तीय अवस्था एक महत्वपूर्ण मोडमा छ, किनभने यदि यसलाई अहिले नै समाधान गरिएन भने, ऋण यस्तो स्तरमा पुग्नेछ जहाँ ठूलो संकटबिना यसलाई व्यवस्थापन गर्न सकिनेछैन।’
त्यसोभए त्यो संकट कस्तो देखिन सक्छ ?
पहिलो विकल्प भनेको सरकारी खर्चमा ठूलो कटौती वा करमा ठूलो वृद्धि वा दुवै हो। बजेट घाटालाई हालको ६% बाट छिट्टै ३% मा झार्दा भविष्यको समस्यालाई टार्न सकिने रे डालियोको सुझाव छ । ट्रम्पको नयाँ बजेट विधेयकले केही खर्च कटौती गरे पनि करहरू अझ बढी घटाएको छ, त्यसैले हालको राजनीतिक दिशा उल्टोतिर गइरहेको छ।
दोस्रो, विगतका संकटहरूमा जस्तै, अमेरिकी केन्द्रीय बैंकले थप पैसा छाप्न सक्छ र त्यसलाई सरकारी ऋण किन्न प्रयोग गर्न सक्छ । यो हामीले सन् २००८ को महान् वित्तीय संकटपछि देखेका थियौं। तर यसले मुद्रास्फीति र असमानतालाई बढावा दिन सक्छ, किनभने घर र सेयर जस्ता सम्पत्तिका मालिकहरूले श्रमको मूल्यमा निर्भर हुनेहरूभन्दा धेरै राम्रो गर्छन्।
तेस्रो विकल्प अमेरिकाले सिधै ऋण तिर्न नसक्ने (डिफल्ट) घोषणा गर्नु हो । यो ‘तिर्न सक्दिन, तिर्दिनँ’ भन्ने अवस्था। अमेरिकी ट्रेजरीको पूर्ण विश्वास र साख ले सम्पूर्ण विश्वव्यापी वित्तीय प्रणालीलाई टेवा दिएको हुनाले, यस्तो डिफल्टले महान् वित्तीय संकटलाई समेत एउटा पिकनिक जस्तो देखाइदिनेछ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘दिल्लीझैँ हिम्मत र सही व्यवस्थापन गरे काठमाडौँमा मेट्रो रेल असम्भव छैन’
-
‘मैले जे–जति गरे, राष्ट्र हितकै लागि गरेँ’ : धुर्मुस
-
बागमती कप टी–२० : मकवानपुरले भक्तपुरलाई ६ विकेटले हरायो
-
१२ बुँदे ‘हेटौँडा घोषणापत्र’ जारी गर्दै सकियो बागमती मिडिया सम्मेलन
-
विश्वकप खेल्न अमेरिका पुगेका इराकी स्ट्राइकरलाई विमानस्थलमै सात घण्टा केरकार, फोटोग्राफरलाई देश प्रवेशमा रोक
-
रास्वपा प्रदेश अधिवेशन कार्यविधि : को–को हुन्छन् प्रतिनिधि ? कसरी चुनिन्छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण