यु–१६ युथ लिगमा प्लानिङ ब्वाइज विजयी
काठमाडौँ । सहिद स्मारक 'बी' डिभिजन लिग च्याम्पियन प्लानिङ ब्वाइजले एन्फा यु–१६ युथ लिगमा विजय सुरुवात गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा प्लानिङ ब्वाइजले सातदोबाटो युथ क्लबलाई ४-० ले हराउॅंदै सुखद सुरुवात गरेको हो । रबिन लुङ्गेली मगर र ओम खड्काले समान दुई गोल गरे । प्लानिङ ब्वाइजले दुवै हाफमा समान दुई गोल गर्दै खेल आफ्नो पक्षमा पार्यो ।
खेलको १३औं मिनेटमा ओमले गोल गर्दै प्लानिङलाई अग्रता लिए । पहिलो हाफको थप समयमा रबिन लुङ्गेलीले गोल थप्दै प्लानिङ ब्वाइजले २-० को अग्रता लियो । दोस्रो हाफमा प्लानिङले दुई गोल थप्यो । ६०औं मिनेटमा ओमले व्यक्तिगत दोस्रो गोल गरे । यससॅंगै प्लानिङ ब्वाइज ३-० ले अगाडि बढ्यो । ६ मिनेटपछि नै प्लानिङले चौथो गोल गर्यो । त्यसपछि थप गोल हुन सकेन र प्लानिङले सातदोबाटो युथलाई सहजै हरायो । यो यु-१६ युथ लिगको तेस्रो खेल हो । यसअघि मनाङ मर्स्याङ्दी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले जित निकालेका थिए ।
किशोर फुटबलरको प्रतिभा प्रोत्साहन गर्ने उद्देश्यअनुरूप सुरु गरिएको युथ लिगमा शीर्ष डिभिजनका कुल १४ क्लबले प्रतिस्पर्धा गर्दैछन् । यु–१६ युथ लिग तेस्रो संस्करण हो । यसै वर्ष मात्र ‘बी’ डिभिजन लिगबाट शीर्ष डिभिजनमा उक्लिएका दुई क्लब प्लानिङ ब्वाइज र श्रीभगवतीले यस युथ लिगमा प्रतिस्पर्धा गरेका छन् ।
सशस्त्र प्रहरी बल एपीएफ, त्रिभुवन आर्मी क्लब, संकटा, नेपाल पुलिस, फ्रेन्ड्स, चर्च ब्वाइज, मच्छिन्द्र, जावलाखेल युथ, सातदोबाटो युथ, हिमालयन शेर्पा र मनाङ मस्र्याङ्दी छन् । लिगको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी पाउनेछन् ।
विधागत उत्कृष्टअन्तर्गत मस्ट भ्यालुएबल प्लेयर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र फेयरप्लेले १५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । कुल ९१ वटा खेल हुने यस युथ लिग आगामी साउन २६ गतेसम्म सञ्चालन हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भदौ १९ मा प्रदर्शन हुने फिल्म ‘ककाकिकी’ को पहिलो झलक सार्वजनिक
-
ओली हटाउने पक्षमा गण्डकी एमाले
-
सहसचिव दरबन्दी भएको डडेल्धुरामा फेरि उपसचिव नै सीडीओ, वली पुनः सहायक भूमिकामा
-
प्रदेश सभा खारेजी र प्रदेश सरकार पुनर्संरचनाको बहसमा के भन्छन् कर्णालीका नेता ?
-
अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने
-
प्रदेश सभाबिनाको सङ्घीयता कल्पना गर्न सकिँदैन : पूर्वमुख्यमन्त्री शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण